चिच्याउँदा गला सुकिसक्यो, अब आराम गर्छु : तनुश्री दत्ता
-
१६ असोज २०७५ काठमाण्डौ l
काठमाडौं — बलिउड अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी तनुश्री दत्ता अहिले चर्चामा छिन् ।
नाना पाटेकरले आफूमाथि गलत आरोप लगाइएको भन्दै तनुश्रीलाई कानूनी नोटिस पठाएका छन् ।
अहिले चाहिँ तनुश्रीले यस विषयमा ब्रेक लिने सोच बनाएकी छन् ।
खासमा तनुश्रीको स्वास्थ्य राम्रो छैन र त्यसैले गर्दा उनी मिडियाबाट टाढिँदैछिन् । तनुश्रीले भनिन्, ‘मेरो गला बसेको छ । आवाज निकाल्न पनि गाह्रो भइरहेको छ । विगत केही दिनयता थकान र लगातार बोलिरहेका कारण मेरो स्वास्थ्य बिग्रेको छ ।’
‘विगत आठ वर्षदेखि म अध्यात्ममार्गमा हिँडिरहेकी थिएँ । यत्तिका वर्ष एकान्त र शान्त जीवन बाँच्दै लाइफस्टाइल पनि त्यस्तै बनाएँ । म आराम गरिरहेकी छु र हिम्मत फिर्ता पाउने कोशिश गरिरहेकी छु । म केही दिनमा फर्कनेछु र यो लडाईं लड्छु ।’
तनुश्रीले नानामाथि मात्र नभई निर्देशक विवेक अग्निहोत्रीमाथि पनि आरोप लगाइन् । विवेकले आफूलाई कपडा खोलेर नाच्न लगाएको उनको आरोप छ ।
यस विषयमा केही फिल्मी हस्तीले तनुश्रीको समर्थन गरेका छन् भने केही अन्य नानाको पक्षमा छन् । केही भने चुप लागेका छन्