आततायिहरुको विनाशको लागि भगवान विष्णुले कल्कि अवतार लिंदै

आश्विन १७,२०७५

-माधव प्रसाद गर्तौला

१७ असोज २०७५ काठमाण्डौ l 

 

कल्कि अवतारलाई भगवान विष्णुको भावी अवतार मानिएको छ l पौराणिक मान्यताअनुसार पृथ्वीमा पाप र अधर्मको सीमा पार हुन लागेपछि दुष्टहरुको संहारको लागि विष्णुको यो अवतार प्रगट हुन्छ l आफ्ना माता-पिताको पांचौं संतान कल्कि यथासमय देवदत्त नामको घोड़ामा आरूढ़ भएर तरवारले दुष्टहरुको संहार गर्नेछन् l त्यसपछि सत्ययुग पारंभ हुनेछ l

 

सम्भल ग्राममुख्यस्य ब्राह्मणस्यमहात्मनः l 

भवनेविष्णुयशसः कल्कि प्रादुर्भविष्यति।।

 

कथा

युग परिवर्तनकारी भगवान श्रीकल्किको अवतार प्रयोजन विश्वकल्याण बताइएको छ l भगवानको यो अवतार “निष्कलंक भगवान” को नामले पनि जानिनेछ l श्रीमद्भागवतमहापुराणमा भगवान विष्णुको अवतारको कथाहरु विस्तारले वर्णित छ l यसको बार्हौं स्कंधको द्वितीय अध्यायमा भगवानको कल्कि अवतारको कथा विस्तारले दिइएको छ जसमा यो भनिएको छ कि संभल ग्राममा विष्णुयश नामक श्रेष्ठ ब्राह्मणपुत्रको रूपमा भगवान कल्किको जन्म हुनेछ l उनि देवदत्त नामको घोड़ामा आरूढ़ भएर आफ्नो भयंकर तरवारले पृथ्वीमा अधर्म र अनाचार मच्चाउने अत्याचारीहरुको विनाश गर्नेछन् त्यही समय सत्ययुग प्रारंभ हुनेछ l

 

परिचय

कल्कि भगवानको जन्म भारतको उत्तरप्रदेशमा गंगा र रामगंगाबीच अवस्थित मुरादाबादको संभल ग्राममा हुनेछ l भगवानको जन्मको समयमा चंद्रमा धनिष्ठा नक्षत्र र कुंभ राशिमा स्थित हुनेछ l सूर्य तुला राशि र स्वाति नक्षत्रमा गोचर गरिरहेका हुनेछन् l गुरु (बृहस्पति) स्वराशि धनुमा र शनि आफ्नो उच्च राशि तुलामा विराजमान हुनेछ l यिनी आफ्ना माता सुमति र पिता विष्णुयशका पांचौं संतान हुनेछन् l उनका दाजुहरु क्रमशः सुमंत, प्राज्ञ, कवि नाम गरेका हुनेछन् l याज्ञवल्क्यजी पुरोहित र भगवान परशुराम उनका गुरु हुनेछन् l भगवान कल्किका दुईवटी पत्नी हुनेछन्- लक्ष्मीरूपी पद्मा र वैष्णवी शक्तिरूपी रमा l उनका चारवटा पुत्रहरु पनि हुनेछन्- जय, विजय, मेघमाला र बलाहक l यी ब्राह्मणकुमार धेरै नै बलवान, बुद्धिमान र पराक्रमी हुनेछन् र सोच्नेबित्तिकै उनिसंग वाहन, अस्त्र-शस्त्र, योद्धा र कवच उपस्थित हुनेछन् l यिनले सबै दुष्टहरुको नाश गर्नेछन् l

 

कल्कि भगवानको स्वरूप

कल्कि निष्कलंक अवतार हुन् l भगवानको स्वरूप (सगुण रूप) परम दिव्य हुनेगर्छ l दिव्य अर्थात् दैवीय गुणहरुले संपन्न l उनि श्वेत अश्वमाथि विराजमान हुन्छन् l भगवानको रंग गोरो परंतु क्रोधको अवस्थामा कालो हुनेछ l उनले पीतवस्त्र धारण गर्नेछन् l प्रभुको हृदयमा श्रीवत्सको चिन्ह एवं गलामा कौस्तुभ मणि सुशोभित हुनेछ l युद्धको अमयामा उनको हातमा दुइटा तरवार हुनेछन् l मनीषिहरुले भगवान कल्किको यस स्वरूपको विवेचनामा भनेका छन् कि कल्कि सेतो घोड़ामा आरूढ़ भएर आतातायिहरूमाथि प्रहार गर्नेछन् l यसको अर्थ उनको आक्रमणमा शान्ति (श्वेत रंग), शक्ति (अश्व) र परिष्कार (युद्ध) मा लागेका हुन्छन् l तरवार र धनुषलाई प्रमुख हथियारको रूपमा उपयोग गर्नुको अर्थ हो कि आसपास र दूरगामी दुबै प्रकारको दुष्ट प्रवृत्तिहरुको निवारण l कल्किको यो रणनीति समाजको विचार, मान्यता र गतिविधिहरुको दिशाधारामा बदलावको प्रतीक नै हो l

 

ग्रंथ

भगवान विष्णुको अन्य अवतारहरुको जस्तै कल्कि अवतारको पनि वर्णन वेदमा उपलब्ध छैन l तर पुराणहरुमा भने कल्कि अवातारको वर्णन विस्तारसंग गरिएको छ l विष्णुपुराण र श्रीमंद्भागवतमहापुराण दुबैमा नै कल्कि अवतारको उल्लेख गरिएको छ l कल्कि पुराण त पूरै यसै अवतारमा केंद्रित छ l