Trending :
 

शाहरुखको साथमा रानी

आश्विन १७,२०७५

-

१७ असोज २०७५ काठमाण्डौ l 
 
 
भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधरित फिल्ममा शाहरुख खानले खेल्ने पक्का भएको छ । फिल्म निर्माणको घोषणा निकै अगाडि भएको हो । सुरुमा यस फिल्ममा अभिनयका लागि आमिर खान, प्रियंका चोपडा, करिना कपुर, ऐश्वर्य राय, अनुष्का शर्मा, दीपिका पादुकोण, क्याट्रिना कैफसम्मको नाम बाहिर आएको थियो ।
 
 
अहिले भारतीय मिडियाका अनुसार फिल्मका निर्माताले अभिनेत्री रानी मुखर्जीलाई फिल्मका लागि साइन गराउने भएका छन् । फिल्ममा रानी शाहरुख खानकी पत्नीको भूमिकामा देखिनेछिन् । फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुने भनिए पनि शाहरुख फिल्म ‘जिरो’मा व्यस्त भएका कारण यो फिल्म २०१९ बाट सुटिङ सुरु हुने भएको छ । फिल्मको निर्देशन महेश मथाईले गर्दै छन् ।