यी मन्दिर जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ !

आश्विन १७,२०७५

-

१७ असोज २०७५ काठमाण्डौ l 
 
 
 
सामान्यतया भगवानमा आस्था रहेका सबैलाई मन्दिरमा पूजाका लागि जान अनुमति माग्नु पर्दैन । तर कतिपय स्थानमा जात, धर्म, संस्कृति,वर्ण लिंगको आधारमा पनि मन्दिर प्रवेशमा रोक लगाइने गरिएको छ ।
 
 
भारतको अदालतले सबरीमाला मन्दिरमा महिला प्रवेशको पक्षमा फैसला गरेको छ । उक्त मन्दिरमा महिलालाई प्रवेशमा रोक लगाइएको थियो । तर लिंगका आधारमा धर्ममा कुनै भेदभाव नहुने भन्दै अदालतले फैसला गरेको छ । तर भारतकै केही चर्चित मन्दिरमा पुरुष प्रवेश बर्जित छ । 
 
 
अत्तुकल मन्दिर–केरलामा रहेको अत्तुकल भगवती मन्दिरमा महिलाले पूजा गर्ने गरेका छन् । पोगल तिहार मनाएर यो मन्दिरको नाममा गिनिज लव्ड रेकर्डसमेत रहेको छ । यसमा तीस लाख महिलाले हिस्सा लिएका थिए । यो मन्दिरमा पुरुषलाई प्रवेशको अनुमति छैन ।
 
 
चक्कूलाथूकावु मन्दिर–केरलामा रहेको यो मन्दिरमा देवी भगवतीको पूजा हुने गरेको छ । यहाँ नारी पूजा नामक वार्षिक अनुष्ठान हुने गरेको छ जहाँ पुरुष पुजारीले महिला भक्तको चरण धुने गरेका छन् जसले १० दिनदेखि ब्रत बसेका हुन्छन् । यो मन्दीरमा पनि पुरुष पुजारी बाहेक अरुलाई प्रवेश दिइदैन । 
 
 
सन्तोषी मा–सन्तोषी माको व्रत केवल महिला या अविवाहित युवतीले मात्र बस्छन् । यस अवधिमा उनीहरु अमिलो फल र अचार खाँदैनन् । पुरुषलाई मन्दिरमा जाने अनुमति छ तर शुक्रवार पुरुषलाई मन्दीर प्रवेश गर्न दिँइदैन । 
 
 
ब्रम्हा मन्दिर–ब्रह्माको एक मात्र मन्दिर राजस्थानमा रहेको छ । १४ औं शताव्दीमा राजस्थानको पुष्करमा यो मन्दिर बनाइएको इतिहास छ । यो मन्दिरमा विवाह गरेका पुरुषको प्रवेश बर्जित छ । 
भगवती मन्दिर–कन्यकुमारीमा रहेको भगवती दुर्गाको मन्दिरमा कन्याको रुपमा पुजा हुने गरेको छ । पुराणका अनुसार यहाँ सती देवीको रीढको हड्डी लोप भएको थियो । यो मन्दिरमा विवाह गरेका पुरुषको प्रवेशमा रोक लगाइएको छ ।