आश्विन १७,२०७५
-माधव प्रसाद गर्तौला
१७ असोज २०७५ काठमाण्डौ l
सुप्रसिद्ध रसियन लेखक इवान तुर्गनेव अत्यंत कुलीन र संपन्न परिवारमा जन्मेका थिए l एकपटक उनले बाटोमा एउटा बुढो भिखारी देखे l उसका ओठ प्रचंड ठंडीको कारणले नीलो भैसकेको थियो र मैला हातहरु सुन्निएका थिए l उसलाई यस अवस्थामा देखेर तुर्गनेव द्रवित भए l
भिखारिले आफ्ना दुबै हात जोड़दै केही याचना गर्यो l तुर्गनेवले आफ्नो कोटको बगलीमा हात हाले, तर उनको बगलीमा केहीपनि थिएन l उनले पर्स लिनै बिर्सिएका थिए l
तुर्गनेवलाई धेरै ग्लानी भयो l उनि किंकर्तव्यविमूढ़ भए l केही समयपछि उनले भिखारीको अनुहार हेर्दै उसको दुबै हात आफ्नो हातमा लिंदै भने-
“म अतिनै लज्जित छु, आज मैले आफ्नो पर्स घरमै बिर्सेर आइछु र तिमीलाई केहीपनि दिन सक्दिन l तिमी दु:खी नहुनु” l
भिखारीको आँखाबाट आंसू झर्यो l उसले धेरै अपनत्वको साथ तुर्गनेवलाई हेर्यो l उसको मुखमंडलमा मुस्कराहट झल्कियो र उसले तुर्गनेवको हातलाई बिस्तारै सुमसुम्याउँदै भन्यो-
“कृपया तपाईं लज्जित नहुनु l मैले सबैथोक पाइसकें जसको मूल्य पैसाभन्दा कहीं अधिक छ l ईश्वरले तपाईंंलाई समृद्धि दिऊन्” l
यति भन्दै भिखारी आफ्नो बाटो लाग्यो तर तुर्गनेव भने आफ्नो सबैथोक लुटिएको झैं केही समय त्यहीं स्तब्ध भई खड़ा रहे l उनलाई यस्तो प्रतीत भयो कि भिखारी उ होइन अपितु आफु स्वयं हूँ !
यो पनि पढ्नुहोस्- ‘बुद्धिमान बालक’ लघुकथा !
प्रमुख समाचार