बैशाख २७,२०७४
-
वैशाख २७ –
२५६१ औं बुद्ध पूर्णिमाको अवसर पारेर पोखरामा कवि रमेश श्रेष्ठले एकल कविता वाचन गरेका छन् ।
बिम्बकवि रमेश श्रेष्ठको एकल कविता वाचनमा ‘बुद्ध र कविता’ नाम दिइएको थियो । पोखरामा नयाँ गुम्बा निर्माणको सहयोगार्थ टिकटमा कवितावाचन गरिएको हो ।
कवि श्रेष्ठले दर्जनजति बुद्धबारेका कविता सुनाए । श्रेष्ठले ‘मेरो बिहानको शुभारम्भ’ बाट कवितावाचन सुरुआत गरे । कविता आफ्नै लागि लेखिरहँदा अरुका लागि पनि भैदियोस् भन्ने चाहना हुने उनले बताए । उनले लगत्तै अर्को कविता ‘बुद्धको नाममा’ सुनाए ।
पोखरामा नयाँ गुम्बा निर्माणका लागि अर्थ संकलन गर्ने उक्त कविता वाचनको उद्देश्य थियो । टिकट काटेर साहित्यप्रेमीले कवि रमेश श्रेष्ठको कविता सुने ।
सधैं भिन्न विषय र शैली समात्ने आफ्नो प्रयास रहने बताउँदै कवि रमेशले यसपालि बुद्धको विषय छनोट गर्न पाउँदा गर्व लागेको बताए । बौद्ध अर्घौ सदनले बुद्ध पूर्णिमाको छेकोमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा कवि रमेशका कविता वाचन पनि समेटिएको हो ।
प्रमुख समाचार