‘वास्तविक साधु’ बोधकथा !

आश्विन १७,२०७५

-माधव प्रसाद गर्तौला

१७ असोज २०७५ काठमाण्डौ l 

 

भगवान बुद्धले आफ्ना शिष्यहरुलाई दीक्षा दिसकेपछि उनिहरुलाई धर्मचक्रप्रवर्तन (उपदेश) दिनको लागि अन्य नगर, गाउँ तथा शहरहरुमा जाने आज्ञा दिनुभयो l “गुरुवर को जो आज्ञा” भनी जान तयार भएका शिष्यहरुलाई बुद्धले सोध्नुभयो-

 

“तिमीहरु सबै जहाँकहीं जानेछौ त्यहाँ तिमीहरुलाई दुई प्रकारका मानिसहरु भेटिने छन् राम्रा एवं नराम्रा, असल एवं ख़राब l असल मानिसहरूले तिम्रा कुरा सुन्नेछन् र तिमीहरुको सहायता पनि गर्नेछन् l तर ख़राब मानिसहरुले तिमीहरुको निंदा र बेइज्जत गर्नेछन् l यस्तो समयमा तिमीहरुलाई कस्तो लाग्नेछ” ?

 

सबै शिष्यहरुले आ-आफ्ना बुद्धि-विवेकअनुसार जवाफ दिए l तर एउटा गुणी शिष्यले बुद्धसंग भन्यो-

 

“म कसैलाई पनि ख़राब मान्दिन l यदि कसैले मेरो निंदा गर्यो या मलाई गाली गर्यो भने म सम्झिने छु कि त्यो राम्रो मान्छे रहेछ किनकि उसले मलाई केवल गाली मात्रै गर्यो, ममाथि धुलो त फ्यांकेन” l धुलोपनि फ्यांक्न सक्थ्यो l

 

बुद्धले भन्नुभयो- “ र यदि कसैले तिमीमाथि धुलो नै फ्यांकीदियो भने नी” ?

 

शिष्यले भन्यो- “म उसलाई राम्रो नै भन्नेछु, किनकि उसले केवल धुलो नै त फ्यांकेको हो, मलाई थप्पड़ त हानेको होइन ! थप्पड़ पनि हान्न सक्थ्यो” l

 

“र यदि कसैले थप्पड़ नै हानिदियो भने नी” ? बुद्धले सोध्नुभयो !

 

“तब पनि म उसलाई ख़राब मान्ने छैन, किनकि उसले मलाई केवल थप्पड़ नै त हानेको हो नी, लट्ठीले त हानेको होइन l लट्ठीले पनि हान्न्न सक्थ्यो” l

 

बुद्धले भन्नुभयो- “तर मार्गमा डांकूहरु पनि भेटिन सक्छन् जसले तिमीमाथि घातक हतियारले प्रहार गर्न सक्छन् l त्यस समय तिमी के गर्नेछौ” ?

 

शिष्यले भन्यो- “तब के ? म त उनिहरुलाई दयालु नै सम्झिन्छु, किनकि तिनीहरुले केवल हतियार मात्रै प्रयोग गरेका हुन्, मलाई मारी नै हालेका होइनन्” l  मारी नै हाल्नपनि सक्थ्ये” l

 

“र यदि उनिहरुले तिमीलाई मारी नै हाले भने नी” ? बुद्धले अंतिम प्रश्न सोध्नुभयो l

 

शिष्यले भन्यो- “यस जीवन र संसारमा केवल दुःख नै दुःख छ l जति धेरै जीवित रहन्छु त्यति नै धेरै दुःख पाउनेछु l जीवनदेखि मुक्तिको लागि आत्महत्या गर्नु त पाप हो l यदि कसैले जीवनबाट यत्तिकै छुटकारा दिलाईदिन्छ भने म उसको पनि उपकार मान्नेछु” l

 

शिष्यको यस्तो वचन सुनी बुद्धलाई अपार संतोष भयो l उहाँले भन्नुभयो-

 

“तिमी धन्य छौ ! केवल तिमीमात्रै साँचो र वास्तविक साधु हौ l किनकि साँचो साधु कुनैपनि अवस्थामा अरुलाई ख़राब मान्दैन l जो अरुको दोषदर्शन गर्न असमर्थ हुन्छ त्यही वास्तविक परिव्राजक (संन्यासी, साधु) हुने योग्य छ l तिमी सदैव धर्मको मार्गमा चल्नेछौ” l 

 

यो पनि पढ्नुहोस्- 'भिखारी को ?' लघुकथा !