बार्सिलोनाद्वारा टोटनहम ४–२ ले पराजित
-
असोज १८, २०७५ एजेन्सी ।
बार्सिलोनाले टोटनहमलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको आक्रमणमा मुख्य भूमिका निभाएका मेस्सी खेलमा नायक बनेका थिए।
खेलको शुरुवातमा नै गोलकिपर ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै फिलिपे काउन्टिन्होले बार्सालाई अग्रता दिलाए ।
इभान र्याकिटिचले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
ह्यारी केनले एक गोल फर्काउनअघि अर्जेन्टिनी सुपरस्टारको प्रहार दुईपटक पोष्टमा लागेको थियो ।
त्यसलगत्तै मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए ।
एरिक लामेलाले स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे पनि खेलको अन्तिम समयमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।
जीतसँगै समूह बीमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
इन्टर मिलानले पीएसभी एन्डहोभनलाई २–१ गोलअन्तरले हराए पनि गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
यता, लगातार दुई खेलमा हार बेहोर्दै माउरिसियो पोचेटिन्होको टोली तेस्रो स्थानमा सिमित बनेको छ ।
बार्सिलोनाले पछिल्ला ११ च्याम्पियन्स लिग खेलमध्ये ९ वटा जीत हासिल गरेको छ भने १ मा बराबरी तथा १ मा हार बोहोरेको छ । इंग्ल्याण्ड भने सन् २०१६ को फेब्रुअरीपछि बार्सिलोनाले पहिलो पटक जीत हासिल गरेको हो ।
एजेन्सी