चैत्र ०८,२०७३
-
८,२०७३चैत्र,काठमाडौँ-
‘मिस नेपाल २०१७’ का लागि आवेदन फर्म खुला गरिएको छ |
मिस नेपालको आयोजक द हिडन ट्रेजरले राजधानीमा आयोजित एक कार्यक्रममा ‘मिस नेपाल २०१७’ को लागि आवेदन फर्म खुला गरिएकोबारे जानकारी दिएको हो |
'मिस नेपाल २०१७’ मा सहभागि हुन चाहने प्रतियोगिहरूले मिस नेपालको आधिकारिक वेवसाइट मिस नेपाल डटकममा गएर फर्म सक्नेछन् |
मिस नेपाल आयोजक द हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतिका अनुसार 'फाईनलमा बढीमा २० जना प्रतियोगिहरू सहभागि हुन सक्नेछन् |'
प्रतियोगितामा १९ देखि २४ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित र बच्चा नजन्माएका अध्ययनमा प्लस टु पास भइ नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरुले आवेदन फर्म भर्न सक्नेछन् |
यही चैत्र मसान्तबाट अडिसन सुरु हुनेछ |
प्रमुख समाचार