‘असत्य’ बोधकथा !

आश्विन १८,२०७५

-माधव प्रसाद गर्तौला

१८ असोज २०७५ काठमाण्डौ l 

 

कुनै नगरमा एउटा व्यापारी आफ्नो पाँच वर्षीय पुत्रसंग एक्लै बस्थ्यो l व्यापारीको पत्निको देहांत भैसकेको थियो l उ आफ्नो पुत्रसंग धेरै प्रेम गर्थ्यो l एक पटक जब उ व्यापारको सिलसिलामा कुनै अन्य नगरमा गएको थियो त्यसै समय डाकूहरुको एक समूहले उसको नगरमा आक्रमण गर्यो l त्यस समूहले पूरै नगरमा आगो लगाईदिए र व्यापारीको छोरालाई आफ्नो साथ लिएर गए l

 

व्यापारी फर्किएपछि पूरै नगरनै जलेर नष्ट भएको पायो l एउटा बालकको जलेको शवलाई आफ्नो पुत्र सम्झेर उ घोर विलाप गरेर रोईरह्यो l संयत भएपछि उसले बालकको अंतिम संस्कार गर्यो र उसको अवशेस अस्थिहरुलाई एउटा सुन्दर बट्टामा भरेर सदाको लागि आफैंसंग राख्यो l

 

केही समयपछि व्यापारीको पुत्र डांकूहरुको चंगुलबाट भागेर आफ्नो घर आयो l आफ्नो पिताको नयाँ भवनमा मध्यरातमा आएर उसले ढोका ढकढकायो l व्यापारी अझैपनि शोक-संतप्त थियो l उसले भित्रैबाट सोध्यो- “को हो” ? पुत्रले जवाफ दियो- “म वापस आइसकें पिताजी, ढोका खोल्नुहोस” !

 

आफ्नो विचित्र मनोदशामा व्यापारीले आफ्नो पुत्रलाई मृत मानेर उसको अंतिम संस्कार पनि गरीसकेको थियो l उसलाई लाग्यो कि कुनै अर्कै बालकले उसको मज़ाक उडाउन र उसलाई सताउनको लागि आएको हो l उ चिल्लायो- “तिमी मेरो पुत्र होइनौ, फर्किहाल” !

 

भवनभित्र व्यापारी रोइरहेको थियो र बाहिर उसको पुत्र, दुबैजना रोइरहेका थिए l व्यापरीले ढोका खोलेन र उसको पुत्र त्यहाँबाट गयो l पिता र पुत्रले एक-अर्कालाई फेरी कहिलेपनि देखेनन् l

 

कथा सुनाई सकेपछि भगवान बुद्धले आफ्ना शिष्यहरुसंग भन्नुभयो- “कहिले काहीं तिमीहरु असत्यलाई यस प्रकार सत्य मानेर बस्छौ कि जब सत्य तिम्रो द्वारमा साक्षात् उपस्थित भएर ढोका ढकढकाउंदा पनि तिमीले आफ्नो ढोका खोल्दैनौ” l

 

यो पनि पढ्नुहोस्- अब्राहम लिंकनको सहृदयता !