आजको नीतिवचन, आचार्य भर्तृहरि !

आश्विन १९,२०७५

-माधव प्रसाद गर्तौला

१९ असोज २०७५ काठमाण्डौ l 

 

उत्तम मनुष्य कुनैपनि कार्यलाई अधुरो छोड्दैनन् l

 

प्रारभ्यते न खलु विघ्नभयेन नीचैः

प्रारभ्य विघ्नविहता विरमन्ति मध्याः ।

विघ्नैः पुनः पुनरपि प्रतिहन्यमानाः

प्रारब्धमुत्तमजना न परित्यजन्ति  ॥२७॥

 

अर्थात् : यस संसारमा नीच, मध्यम र उत्तम यी तीन प्रकारका मनुष्यहरु हुन्छन्; जसमध्ये नीच प्रकारका मनुष्य त आउनेवाला विघ्न-बाधाहरुको डरमात्रैले नि कुनै कामको शुरुवात गर्दैनन्; र मध्यम प्रकारका मनुष्यले कामको शुरुवात त गर्छन् तर साना-साना अप्ठ्याराहरु आउने बित्तिकै कामलाई अधुरो नै छाडिदिन्छन्; परंतु उत्तम मनुष्य यस्ता धैर्यवान हुन्छन् कि पटक-पटक विपत्तिहरुले आच्छन्न गरेपनि आफ्नो हातमा लिईएको काम सम्पूर्ण गरेबिना कदापि छाड्दैनन् l

 

English translation-

Weak minded people do not begin anything at all through fear of difficulties, mediocre begin a work but abandon it no sooner obstacle come in their way, but strong minded person though repeatedly hindered by difficulties do not give up what they have once begun.

 

कठिन भन्दा कठिन मार्गमा पनि सज्जन पुरुष स्वभावैले हिंड्छन् l

 

असन्तो नाभ्यर्थ्याः सुहृदपि न याच्यः कृशधनः

प्रिया न्याय्या वृत्तिर्मलिनमसुभङ्गेऽप्यसुकरम् ।

विपद्युच्चैः स्थेयं पदमनुविधेयं च महतां

सतां केनोद्दिष्टं विषममसिधाराव्रतमिदम्  ॥ २८ ॥

 

अर्थात् : याचना एकदमै नगर्नु, निर्धन या अल्पधनवाला सज्जन मित्रसंग पनि कुनै प्रकारको आर्थिक सहायताको अपेक्षा नगर्नु, न्यायपूर्वक जीवन बिताउनमा अभिरुचि राख्नु, जीवन जाने भय हुँदाहुँदै पनि गलत काममा एकदमै सहभागी नहुनु, विपत्तिकाल या विपरीत परिस्थितिहरुमा पनि धैर्य राख्नु तथा महामानवहरुले देखाएका मार्गको अनुसरण गर्नु, यसप्रकारको तरवारको धारमा हिंड्नु जस्तै मार्गलाई अपनाएर जीवन जिउनेवाला सत्पुरुषहरुलाई यद्यपि कसैलेपनि उपदेश दिएको होइन तथापि सज्जन पुरुष स्वभावले नै यिनलाई पालन गर्दछन् l

 

English translation-

Not supplicating evil men, not begging even of a noble-minded person when he is in reduced circumstances, regard for a just mode of behaviour, incapability of putting one's hand to a dirty work even at the risk of life, living in a dignified manner in misfortune, and following the footsteps of the great: No One has ever dictated this hard course difficult as the walking on the edge of a sword to the good, but its keeping is quite natural to them.