चारैवेदका संखिप्त परिचय एवं जानकारी !

आश्विन १९,२०७५

-माधव प्रसाद गर्तौला

१९ असोज २०७५ काठमाण्डौ l 

 

वेद परिचय

वेद दुनियांकै लगभग सबैभन्दा पुरानो लिखित दस्तावेज हो l वेद नै धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रंथ हो l यस्तो मानिन्छ कि वेदको आधारमा नै दुनियांका अन्य धर्महरुको उत्पत्ति भएको हो जसले वेदको ज्ञानलाई आ-आफ्नो तरिकाले भिन्न-भिन्न भाषामा प्रचारित गरे l

 

वेद शब्द संस्कृतको “विद्” धातुले निर्मित छ l जसको अर्थ हुन्छ ज्ञान l प्राचीन ऋषि जसलाई मंत्रद्रष्टा पनि भनिन्छ, ले मंत्रहरुको गूढ़ रहस्यलाई जानेर, बुझेर अनुभूति गरी त्यस ज्ञानलाई ग्रंथमा संकलित गरी संसारसमक्ष प्रस्तुत गरे, त्यही प्राचीन ग्रंथ “वेद” कहलायो l एउटा यस्तो मान्यता पनि छ कि परमेश्वरले प्राचीन ऋषिहरुलाई अप्रत्यक्षरूपले सुनाएका थिए l यसैले वेदलाई ‘श्रुति’ पनि भनिन्छ l

 

सामान्य भाषामा वेदको अर्थ हो ज्ञान l वस्तुतः ज्ञान त्यो प्रकाश हो जो मनुष्य मनको अज्ञानरूपी अंधकारलाई नष्ट गरिदिन्छ l वेद पुरातन ज्ञान-विज्ञानको अथाह भंडार हो l यसमा मानवमात्रका आध्यात्मिक समस्याहरुको समाधान छ l वेदमा ब्रह्म (ईश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास आदि लगभग सबै विषयसंग संबंधित ज्ञान उपलब्ध छ l

 

वेदमंत्रहरुको संकलन र वेदको संख्या

 

यस्तो मान्यता छ कि वेद आरंभमा एउटै थियो र उसलाई पढ्नको लागि सुविधानुसार चार भागमा विभक्त गरियो l यस्तो अर्वाचीन श्रीमद्भागवतमहापुराणमा उल्लेख गरिएको छ l यी वेदहरुमा हजारौं मंत्र र रचनाहरु छन् जुन एउटै समयमा संभवत: लेखिएन होला l यसको रचना समय-समयमा ऋषिहरुद्वारा भैरह्यो र संकलित हुँदै गयो l शतपथ ब्राह्मणको श्लोकअनुसार अग्नि, वायु र सूर्यले तपस्या गरे, र ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदलाई प्राप्त गरे l

 

प्रथम तीन वेदहरुलाई अग्नि, वायु र सूर्यसंग जोडिएको छ l यी तीन नाम गरेका ऋषिहरुसंग यीनका संबंध बताइएको छ l किनकि यसको कारण यो हो कि अग्नि उस अंधकारलाई समाप्त गर्छ जुन अज्ञानको अंधकार हो l यसैकारण यो ज्ञानको प्रतीक बन्यो l वायु प्रायः चलायमान छ, उसको काम चल्नु (बहनु) हो l यसको तात्पर्य हो कि कर्म अथवा कार्य गरीरहनु l यसैले यो कर्मसंग संबंधित छ l सूर्य सबैभन्दा धेरै तेजयुक्त छ जसलाई सबैले प्रणाम गर्छन्, नतमस्तक भएर उसलाई पुज्छन् l यसैले भनिएको छ कि त्यो पूजनीय अर्थात् उपासना योग्य छ l एउटा ग्रंथअनुसार परमपिता ब्रह्माजी को चार मुखबाट चारै वेदको उत्पत्ति भएको हो l

 

वेदको इतिहास

 

वेद मानव सभ्यताका लगभग सबैभन्दा पुराना लिखित दस्तावेज हुन् l वेदका अट्ठाईस हजार पाण्डुलिपिहरु भारतको पुणेस्थित ‘भंडारकर ओरिएंटल रिसर्च इंस्टीटयूट’मा राखिएको छ l यिनीहरुमध्ये ऋग्वेदको तीसवटा पांडुलिपिहरु धेरै नै महत्वपूर्ण छन् जसलाई यूनेस्कोले विरासतको सूचीमा शामिल गरेको छ l यूनेस्कोले ऋग्वेदको १८०० देखि १५०० ईशापूर्वको तीसवटा पांडुलिपिहरुलाई सांस्कृतिक धरोहरको सूचीमा शामिल गरेको छ l उल्लेखनीय छ कि १५८ सूचीमा भारतको महत्वपूर्ण पांडुलिपिहरुको सूची ३८ छ l

 

वेदका उपवेद

 

ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गंधर्ववेद र अथर्ववेदको स्थापत्यवेद यी क्रमशः चारै वेदहरुका उपवेद बताइएका छन् l वेदका विभाग चार हुन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद l ऋक्-स्थिति, यजु-रूपांतरण, साम-गतिशील र अथर्व- जड़ l ऋक् लाई धर्म, यजुलाई मोक्ष, सामलाई काम र अथर्वलाई अर्थ पनि भनिन्छ l यिनिहरुकै आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रका रचना भएका हुन् l

 

१. ऋग्वेद

ऋक् अर्थात् स्थिति र ज्ञान l ऋग्वेद सबैभन्दा पहिलो वेद हो जो पद्यात्मक छ l यसको १० मंडल (अध्याय) मा १०२८ सूक्त छन् l जसमा ११ हजार मंत्र छन् l यस वेदको पांचवटा शाखाहरु रहेका छन्- शाकल्य, वास्कल, आश्वलायन, शांखायन र मांडूकायन l यसमा भौगोलिक स्थिति र देवताहरुलाई आवाहन गर्ने मंत्रहरुका साथ अन्य धेरै कुराहरु पनि रहेको छ l ऋग्वेदका ऋचाहरुमा देवताहरुको प्रार्थना, स्तुति र देवलोकमा उनिहरुको स्थितिको बारेमा वर्णन गरिएको छ l यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा र हवनद्वारा चिकित्सा आदि जानकारी पनि वर्णित छ l ऋग्वेदको १० सौं मंडलमा औषधि सूक्त अर्थात् औषधिहरुको पनि उल्लेख पाइन्छ l यसमा औषधिहरुको संख्या लगभग १२५ बताइएको छ, जुनचाहिं १०७ स्थानहरुमा पाइन्छ l औषधिहरुमध्ये सोमरसको विशेष वर्णन गरिएको छ l ऋग्वेदमा च्यवनऋषिलाई पुन: युवा गरिएको कथा पनि पाइन्छ l   

 

२. यजुर्वेद

यजुर्वेद अर्थात् श्रेष्ठतम कर्मको प्रेरणा l यजुर्वेदमा यज्ञको विधि र यज्ञमा प्रयोग गरिने मंत्र छन् l यसमा यज्ञको अलावा तत्वज्ञानको पनि वर्णन उपलब्ध छ l यो वेद गद्यमय छ l यस वेदको दुईवटा शाखाहरु छन् l शुक्ल र कृष्ण l कृष्ण वैशम्पायन ऋषिसंग संबंधित छ भने शुक्ल याज्ञवल्क्य ऋषिसंग संबंध राख्छ l कृष्णको चारवटा शाखा छन् तथा शुक्लको दुईवटा l यसमा ४० अध्याय रहेका छन् l यजुर्वेदको एउटा मंत्रमा ‘व्रीहीधान्य’को वर्णन प्राप्त हुन्छ, यसको अलावा दिव्य वैद्य र कृषि विज्ञानको विषय पनि यसमा उपलब्ध  छ l

 

३. सामवेद

सामको अर्थ रूपांतरण र संगीत हुन्छ l सौम्यता र उपासन पनि यसको अर्को अर्थ हो l यस वेदमा ऋग्वेदका ऋचाहरुको संगीतमय रूप रहेको छ l सामवेद गीत्यात्मक यानी गीतको रूपमा रहेको छ l यस वेदलाई  संगीत शास्त्रको मूल मानिन्छ l १८२४ मंत्रहरुको यस वेदमा ७५ वटा मंत्रलाई छोडेर शेष सबै मंत्र ऋग्वेदबाटै लिइएको छ l यसमा सविता, अग्नि र इंद्र देवताहरुका बारेमा चर्चा गरिएको छ l यसमा मुख्यरूपले ३ शाखा र ७५ वटा ऋचाहरु रहेका छन् l

 

४. अथर्ववेद

‘थर्व’को अर्थ हो कंपन र अथर्वको अर्थ अकंपन l ज्ञानपूर्वक श्रेष्ठ कर्म गर्दै जो परमात्माको उपासनामा लीन रहन्छ उही अकंप बुद्धिलाई उपलब्ध भएर मोक्ष प्राप्त गर्दछ l यस वेदमा रहस्यमयी विद्या, जड़ी-बूटी, चमत्कार र आयुर्वेदको पनि चर्चा गरिएको छ l यसको २० अध्यायमा ५६८७ वटा मंत्रहरु छन् l यसको आठवटा खंड रहेका छन् l जसमा भेषजवेद र धातुवेदको पनि नाम उपलब्ध हुन्छ l 

 

यो पनि पढ्नुहोस्हिन्दू धर्म, एक बिहंगम दृष्टि