दसैंका लागि नयाँ नोट साट्न शुरु
-
असोज २१, २०७५ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंका लागि नयाँ नोट साट्ने भएको हो । राष्ट्र बैंक मातहतका कार्यालय, सरकारी स्वामित्वका तीन वाणिज्य बैंक र निजी बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही दिने भएको हो ।
यस वर्षका लागि एक जना व्यक्तिले अधिकतम २७ हजार रूपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् । नयाँ नोटमा ५, १०, २०, ५० र १ सयका नोटहरु रहेका छन्ु।
केन्द्र बैंकले सवै बैक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराई सकेको छ । आफूलाई पायक पर्ने नजिकैका बैंक तथा वित्तीय संस्थाबाट नोट सटही सुविधा लिन सकिने छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौंलाले यस वर्ष कुल १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिने अनुमान गरिएको जानकारी दिए ।