'मृत्यु' बोधकथा !

आश्विन २२,२०७५

-माधव प्रसाद गर्तौला

२२ असोज २०७५ काठमाण्डौ l 

 

एउटा बादशाहले एक दिन सपनामा आफ्नो मृत्युलाई आईरहेको देख्यो l उसले सपनामा आफु नजिकै एउटा कालो छायाँ देखि उसंग सोध्यो-

 

“तिमी को हौ” ? यहाँ किन आयेका हौ” ?

 

त्यस छायाँले उत्तर दियो- “म तिम्रै मृत्यु हूँ र म भोली सूर्यास्त हुने बित्तिकै तिमीलाई लिन आउनेछु” ! बादशाहले उसंग सोध्नपनि चाह्यो कि के बच्ने कुनै उपाय छ ? तर उ यति धेरै भयभीत भयो कि उसले केहीपनि सोध्नै सकेन l त्यतिखेरै अचानक उसको निद्रा खुल्यो र त्यो छायाँपनि लुप्त भयो l आधा रातमै उसले आफ्ना सबै बुद्धिजीवीहरु बोलाई सोध्यो-

 

“यस स्वप्नको के तात्पर्य हो ? छिटो भन्दा छिटो खोजेर मलाई बताऊ” l

 

ती सबै बुद्धिमान व्यक्तिहरु अत्यंत व्यग्रताका साथ आ-आफ्ना घर गई आफ्ना स्वप्नशास्त्र साथ लिएर आए l ती बुद्धिमान व्यक्तिहरुले ती शास्त्रहरुलाई उल्टाई-पल्टाई हेर्न थाले र त्यस विषयमा चर्चा-परिचर्चाकै समय उनिहरुबीच विवाद पनि शुरु भयो l तिनिहरूले आ-आफ्ना तर्क दिँदै आपसमा नै लड़ाई झगड़ा गर्न थाले l

 

उनिहरुका कुरा सुनेर बादशाहको समस्या झन् बढिरहेको थियो l तिनिहरू कुनै एक कुरामा सहमत भैरहेकै थिएनन् l ती मानिसहरु विभिन्न पंथका थिए l तिनिहरू ती संप्रदायहरुसंग संबंध राख्दथे, जुनचाहीं मृत भैसकेका थिए l उनिहरुमा एउटा हिंदू, दोस्रो मुसलमान र तेस्रो ईसाई थियो l तिनिहरूले आ-आफ्ना स्वप्नशास्त्र साथ लिएर आएका थिए l र ती शास्त्रहरुलाई उल्टाउँदै, बादशाहको समस्याको हल खोज्ने कोशिश गरिरहेका थिए l एक-आपसमै तर्क-वितर्क गर्दै पागलजस्तै भैसकेका थिए l बादशाह अत्यधिक व्याकुल भयो किनकि सूर्य उदाउँदै थियो l 

 

जुन सूर्यको उदय हुन्छ, त्यो अवश्य नै अस्त पनि हुन्छ, किनकि उदाउनु नै वास्तवमा अस्त हुनु हो l अस्त हुने शुरुवात भैसक्यो l यात्रा शुरु भैसकेको थियो र सूर्य अस्ताउन केवल बार्ह घंटा मात्रै बांकी थियो l उसले तिनिहरुलाई सोध्न खोज्यो, तर तिनिहरूले भने- “कृपया तपाईं बाधा उत्पन्न नगर्नुहोस् l यो एउटा धेरै गंभीर समस्या हो र हामीहरु यसको हल निकालेरै छोड्छौं” l

 

त्यसै समय एउटा वृद्ध मान्छे- जसले बादशाहको सेवाको लागि आफ्नो पूरा जीवन समर्पित गरेको थियो- उसको नजिक आयो र कानमा फुसफुसाउँदै केही भन्यो- “यो अधिक राम्रो हुनेछ कि तपाईं यस स्थानबाट कहीं टाढा भाग्नुहोस् किनकि यी बुद्धिमान व्यक्तिहरु कहिल्यै कुनै निष्कर्षमा पुगेकै छैनन् र तर्क-वितर्क गरिनै रहनेछन् l तपाई्ंंको अमूल्य समाय व्यर्थ नै व्यय हुनेछ र मृत्यु पनि यहीं आइपुग्नेछ l अतः तपाईंलाई मेरो यही सुझाव छ कि मृत्युले तपाईंलाई चेतावनी दिएको छ, त्यसैले यही श्रेयस्कर हुनेछ कि कम-से-कम तपाईं यस स्थानबाट कहीं टाढा जानुहोस् l तपाईं जहाँ गएपनि एकदम तीव्रगतिले जानुहोला l यो सल्लाह बादशाहलाई राम्रो लाग्यो- “यो बुढाले एकदम सही भनेको हो” यस्तो विचार गरी बादशाह त्यहाँबाट तत्काल हिंड्यो l जब मनुष्य अरु केही गर्न सक्दैन, तब उ भाग्ने, पलायन गर्ने प्रयास गर्दछ l

 

बादशाहको अश्वशालामा एउटा अत्यंत तीव्रवेगले दौड्ने घोड़ा थियो l उसले त्यही घोड़ा लिएर ती बुद्धिमान व्यक्तिसंग भन्यो- “म त अब यहाँबाट कहीं टाढा जांदैछु र यदि जीवितै फर्किएर आएं भने तिमीहरूले निश्चित गरेको निर्णय मलाई बताउनु, तर अहिले भने म यहाँबाट जान्छु” l

 

बादशाह धेरै ख़ुशी हुँदै जति छिटो हुनसक्छ, घोड़ामा बसेर गैरहेको थियो l किनकि आखिर यो जीवन र मृत्युको कुरा थियो l उ बार-बार पछाड़ी फर्किएर हेर्थ्यो कि कहीं त्यो छायाँ उसकै साथ त आइरहेको छैन, तर त्यहाँ टाढा-टाढासम्म पनि सपनाको त्यो कालो छायाँको अत्तो-पत्तो थिएन l उ धेरै ख़ुशी थियो, मृत्यु पछाड़ी आइरहेको थिएन र उसंग भागेर कहीं अर्कै ठाउंमा जांदै थियो l

 

अब बिस्तारै-बिस्तारै सूर्य दुब्न लाग्यो l उ आफ्नो राजधानीबाट धेरै टाढा आइसकेको थियो l आखिर एउटा पुरानो बरको वृक्षमुनि उसले आफ्नो घोड़ा रोक्यो l घोड़ाबाट ओर्लिएर उसले घोड़ालाई धन्यवाद दिँदै भन्यो- “त्यो तिमी नै हौ जसले मलाई मृत्युबाट बचायौ” !

 

उसले घोड़ालाई धन्यवाद दिँदै यो भनिनै रहेको थियो कि अचानक उसले त्यही हातलाई महसूस गर्यो, जसको अनुभव उसले सपनामा गरेको थियो l उसले पछाड़ी फर्केर हेर्यो, त्यही मृत्युको छायाँ....

 

मृत्युले भन्यो- “म पनि तिम्रो घोड़ालाई धन्यवाद दिन चाहन्छु, किनकी उ तीव्रवेगले दौड्यो l म पूरा दिन यसै बरको रुखमुनि बसी तिम्रो प्रतीक्षा गरिरहेको थिएं, र चिंतित थिएं कि तिमी यहाँसम्म आउन सक्छौ कि सक्दिनौ भनेर, किनकि दूरी धेरै थियो l तर तिम्रो घोड़ा वास्तवमै धन्यवादको पात्र छ l तिमीलाई ठीक त्यही समयमा यहाँ ल्याईपुर्यायो, जब तिम्रो आवश्यकता थियो” l

 

हामी कहाँ गैरहेका छौं ? हामी कहाँ पुग्नेछौं ? सारा भागदौड़ र पलायन आखिर हामीलाई त्यही बरको रुखनेर लिएर जाने होइन ? l र जतिबेला हामी आफ्नो घोड़ा या कारलाई धन्यवाद दिइरहेका हुनेछौं, त्यतिबेलै हामीले पनि मृत्युको हात अनुभव गर्नेछौं l मृत्युले भन्नेछ- “म लामो समयदेखि तिम्रै प्रतीक्षा गरिरहेको थिएं l राम्रो भयो, तिमी आफैं आयौ” !

यो पनि पढ्नुहोस- ‘दर्पण’ बोधकथा !