Trending :
 

लिबियाको मन्त्रिमण्डलमा हेरफेर

आश्विन २२,२०७५

-

२२ असोज २०७५ काठमाण्डौ l 
 
 
त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थन रहेका लिबियाका प्रधानमन्त्री फायेज सेराजले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा तीन जना नयाँ मन्त्री थप गरिएका छन् ।
मन्त्रिपरिषदमा गृह, उद्योग र अर्थ मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
देशमा राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य लिएर प्रधानमन्त्री सेराजको नेतृत्वमा लिबियामा सन् २०१५ को अन्त्यतिर संयुक्त राष्ट्रसङ्घसँगको सम्झौता बमोजिम सो सरकार गठन भएको हो ।
उक्त सम्झौतामा लिबियाका सबै प्रमुख राजनीतिक दलहरुले हस्ताक्षर गरेका थिए । रासस र सिन्ह्वा