Trending :
 

'लायन्स क्लब अफ काठमाण्डौं'ले मिस्टर एण्ड मिस लायन २०१८ आयोजना गर्दै

आश्विन २३,२०७५

-

२३ असोज २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । लायन्स क्लब अफ काठमाण्डौ क्रियटिभ युथले मिस्टर एण्ड मिस लायन २०१८ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै क्लबले जानकारी गराएको हो । काठमाडौंकी अध्यक्ष गनिका गुरुङ्गले केही फरक गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको जानकारी दिइन् ।
 
आबेदन फाराम खुलिसकेको छ । मङ्ग्सिर १ गते देखि काठमाण्डौं, बिराट्नगर, पोखरा, धरान बुटुवल अडिसन सुरुहुने र नेपालको ३३ हजार लायन्सहरुलार्इ आफ्नो प्रतिभा देखाउन लायन्स क्ल्ब अफ काठमाडौं क्रियेटिब युथले इच्छुक लायन्सहरुको लागि सहभागी हुन आग्रह गरेको छ ।
 
सचिब लायन अनिल बुर्जा मगरले नेपालको इतिहासमा पहिलो पटक मिस्टर एण्ड मिसेस २०१८ आयोजना गर्न लागेको जानकारी दिए । इभेण्टका कोरियोग्राफरको काम रेशम न्यौपाने गर्ने छन् भने अफिसियल प्रशिक्षक मिस नेपाल सुगारिका केसी रहेका छन् ।
 
२५ बर्ष देखि ५५ बर्ष उमेरका र ५ फिट २ इन्च भन्दा माथि उचाइ भएका का महिला तथा पुरुष लायन्स क्लब का सदस्य हरुले यस प्रतिस्पर्धा को लागि आबेदन दिन पाउने ब्यवस्था छ । प्रतिस्पर्धा मा पहिला हुनेलाइ १ लाख रुपैया र थाइल्याण्ड भ्रमण दोश्रो हुने लाई ७५ हजार रुपैया र तेश्रो हुनेलाइ ५० हजार रुपैया पुरस्कार दिइने पनि जानकारी गराएको छ।