युक्रेनको हतियार भण्डारमा विस्फोट
-
२३ असोज २०७५ काठमाण्डौ l
काठमाडौं — युक्रेनमा रहेको एक हतियार भण्डारमा विस्फोट र आगलागी भएको छ । यसले गर्दा हजारौं मानिसहरू उक्त क्षेत्रबाट पलायन हुन बाध्य भएका छन् । अधिकारीहरूले यो सार्वजनिक सम्पत्तिको विध्वंसको घटना भएको बताएका छन् ।
सामाजिक सञ्जालमा आएका भिडियो फूटेजमा चेर्निहिभ क्षेत्रको इच्न्यामा विस्फोट र आगोका दृश्य देखिएका छन् ।
हतियार भण्डार रहेको क्षेत्रबाट लगभग १० हजार मानिसलाई हटाइएको छ । उक्त क्षेत्र राजधानी कीएभबाट १७६ किलोमिटर पर उत्तरपूर्वतिर रहेको आपतकालीन सेवाहरूले जनाएका छन् ।
घटनामा कोही पनि हताहती भएका छैनन् ।
जेनेरल स्टाफका डेपुटी कमान्डर रोड्योन टाइमोशेन्कोले एक पत्रकार सम्मेलन गरेर डिपोवरिपरि चारवटा विस्फोटबाट घटना शुरू भएको जानकारी दिए ।
‘विस्फोटको तीव्रताले यो ध्वंसात्मक काम भएको संकेत दिन्छ,’ उनले बताए ।
सुरक्षाकर्मीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । एजेंसी