'आलु' लघुकथा !

आश्विन २४,२०७५

-माधव प्रसाद गर्तौला

२४ असोज २०७५ काठमाण्डौ l 

 

एक पटक एकजना संतले आफ्ना शिष्यहरुसंग अनुरोध गरे कि भोलिदेखि तिमीहरु प्रवचनमा आउंदा आ-आफ्ना साथ झोलामा आलुपनि संगै लिएर आउनु, ती आलुमा ती व्यक्तिहरुका नामपनि लेखिएको होस् जससंग तिमीहरु ईर्ष्या या शत्रुता राख्दछौ l जो व्यक्तिले जति धेरै व्यक्तिहरुसंग ईर्ष्या या शत्रुता राख्दछ, उसले उतिनै धेरै आलु पनि लिएर आउनु !

 

अघिल्लो दिन सबैले आ-आफ्नो साथ आलु लिएर आए l कसैको झोलामा चारवटा, कसैको छवटा, कसैको आठवटा, साथै प्रत्येक आलुमा ती व्यक्तिहरुको नाम पनि लेखिएको थियो जससंग उनिहरुले ईर्ष्या या शत्रुता राख्दथे l

 

यसपछि संतले भने- “आगामी सात दिनसम्म यी आलु प्रत्येकले आफ्नै साथ राख्नु, जहाँ गएपनि, खांदा-पिउंदा, सुत्दा-उठ्दा, हिंड्दा-बस्दा, हर समय यी आलुलाई आफैंसंग राख्नु l शिष्यहरुले केहीपनि बुझ्न सकेनन् कि संतले के चाहँदैछन् भनेर l तर संतले दिएको आदेशलाई उनिहरुले अक्षरशः पालन गरे l दुई-तीन दिन नबित्दै शिष्यहरु धेरै कष्टमा परे l जसरी-तसरी उनिहरु सबैले सातदिन बिताए l र अंततः आलुको झोला संत नजिकै लगेर रखिदिए l झोला राख्ने बित्तिकै उनिहरु सबैले हल्कापन महसूस गरे l  

 

सबैको मुखमंडलमा हेर्दै संतले सोधे- “विगत सात दिनको अनुभव कस्तो रह्यो” ? शिष्यहरुले संतसंग आफुले भोग्नुपरेका सबै कष्टका विवरण संत समक्ष प्रस्तुत गरे, सडेका आलुबाट निस्केको दुर्गन्धले दिएको कष्ट, भार आदि सबै विवरण एकैसाथ भने l तर अब भने हामी भारमुक्त एवं कष्टमुक्त भएको अनुभव गरिरहेका छौं !

 

संतले भने- “यो अनुभव मैले तिमीहरु सबैलाई एउटा महत्वपूर्ण शिक्षा दिनको लागि आयोजन गरेको हो” l

 

जब मात्र सात दिनमै तिमीहरुलाई यो आलुको झोला बोझ लाग्न थाल्यो, तब सोच कि तिमीहरु जुन व्यक्तिहरुसंग ईर्ष्या या शत्रुता राख्दछौ, तिनका कति धेरै बोझ तिमीहरुको मस्तिष्कमा होला ? र त्यो बोझ तिमीहरु पुरै जीन्दगीभर उठाइरहन्छौ, विचार गर त तिम्रो मन र मस्तिष्कमा यस ईर्ष्या एवं शत्रुताको बोझले के हालत भयो होला ? यी ईर्ष्या एवं शत्रुताका अनावश्यक भावनाहरुले तिम्रा मन मस्तिष्कमा तनाव एवं बोझ बन्ने कारण बन्दछ l त्यसै कारण तिम्रो मनमा पनि दुर्गन्ध भरिएको छ, ठीक ती आलुहरु जस्तै.....यसैले आफ्नो मनबाट यी भावनाहरुलाई निकाली फ्यांक l  

 

यो पनि पढ्नुहोस्- आफ्नै सुखका निम्ति सबै वस्तु प्रीतिकर भएका हुन् : यथार्थ सत्य