बैशाख २८,२०७४
-
२८,वैशाख,इलाम-
जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनी अहिले जिर्मलेकै नमुना कृषकका रूपमा चिनिन्छन् ।
राईकै सिको गरेर जिर्मलेका १०० भन्दा बढी किसान आधुनिक मौरीपालन व्यवसायमा लागेका छन् । स्थानीय कुमार मोक्तान र बुद्ध लामाले अहिले मह बेचेर वार्षिक रु एक लाखभन्दा बढीको आम्दानी गर्छन I
“मेहनत गरे आफ्नै देशमा कमाउन सकिँदो रहेछ,” विदेश जान राहदानी बनाएर बस्नुभएका राईले भन्नुभयो । अन्तिम समयमा आएर उनले मौरीपालन व्यवसाय रोजेका हनु् । राईले वर्षमा छ पटकसम्म मह काढ्छन् । उनले प्रतिकिलो मह रु ७०० देखि रु एक हजारसम्ममा बिक्री गर्छन्।
जिर्मलेमा अहिले व्यावसायिक रूपमा मौरी पाल्ने किसानको समूह समेत गठन भएका छन् । सलकपुर र मनोकामना मौरीपालक किसान समूहले मह उत्पादन गर्नुका साथै यहाँका गोला मौरी नमुनाको रूपमा मौरी विकास शाखा गोदावरी पठाउने गरेको छ । जिर्मलेलाई पूर्वाञ्चलकै मौरी स्रोतकेन्द्रको रूपमा विकास गर्न यहाँका किसान मौरीपालनसम्बन्धी तालिम लिइरहेका छन् । सेरेना जातको मौरीका लागि जिर्मले क्षेत्र अत्यन्तै उपयुक्त मानिन्छ । यहाँ उत्पादन भएको मह इलाम, झापा, काठमाडौँ र भारतीय बजारमा बिक्री हुँदै आएको मौरी व्यवसायी कुमार मोक्तान बताउँछनI
प्रमुख समाचार