Trending :
 

रसिया पठाउने भन्दै ४५ लाख ठगी

आश्विन २५,२०७५

-

 
 असोज २५, २०७५ काठमाडौं । 
रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । 
 
नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । 
 
उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् । 
 
उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिक