Trending :
 

चलचित्र ‘ए मेरो हजुर–३’ को पोस्टर सार्वजनिक

आश्विन २७,२०७५

-

२७ असोज २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–३’को पोस्टर सार्वजनिक गरिएको छ । नायक अनमोल केसी र नव–नायिका सुहाना थापा पोस्टरमा फिचर्ड छन् । 
 
चैत २९ गतेलाई रिलिज डेट लक गरेको चलचित्रको छायांकन भइरहेको छ । 
 
सुनिलकुमार थापाको निर्माण रहेको चलचित्र ‘ए मेरो हजुर–३’ लाई अभिनेत्री झरना थापाले निर्देशन गर्दैछिन् । 
 
म्युजिकल लभस्टोरीमा बन्ने चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा लगायतका कलाकारको अभिनय हेर्न सकिने छ ।