युगाण्डाको पूर्वी क्षेत्रमा आएको पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु
-
२८ असोज २०७५ काठमाण्डौ l
काम्पाला । युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए । उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन् ।
“अहिलेसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टी भएको छ, अरू कति बेपत्ता भएका छन् भन्ने बारेमा चाँडै नै यकिन गर्न हामी प्रयास गरिरहेका छौं,” युगाण्डा रेडक्रसका प्रवक्ता इरेन नाकासिताले भने ।
बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि आवश्यक सम्पू्र्ण प्रयास भइरहेको उनले जानकारी दिए । अत्यधिक वर्षापछि आएको बाढीले नदीको बहाब पनि बढाएर पहिरो खसेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।
पहिरोसँगै ठूलाठूला र धेरै ढुङ्गासमेत रहेकाले धेरै असर परेको र उद्धार कार्यमा कठिनाइ भइरहेको उनीहरुको भनाई छ । रासस/एएफपी