नवरात्रिको पांचौं दिन स्कंदमाताको विशेष उपासना गरिंंदै

भगवती स्कंदमाता विद्वान र ज्ञानी जनलाई उत्पन्न गर्ने शक्ति मानिन्छ

आश्विन २८,२०७५

-माधव प्रसाद गर्तौला

२८ असोज २०७५ काठमाण्डौ l 

 

सिंहासनगता नित्यं पद्माश्रित करद्वया l

शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी l l

 

नवरात्रिको पांचौं दिन भगवती स्कंदमाताको उपासना गर्ने दिन हो l मोक्षको द्वार खोल्नेवाली भगवती स्कंदमाता परम सुखदायी हुनुहुन्छ l भगवती स्कंदमाताले आफ्ना भक्तहरुको समस्त मनोकामना पूरा गर्नुहुन्छ l

 

भगवती दुर्गाको पांचौं स्वरूपलाई स्कंदमाताको नामले जानिन्छ l यिनै भगवती स्कंदमाताको पुत्रको रूपमा स्कंद कुमार कार्तिकेयको जन्म भएको हो l पछि गएर यिनै स्कंद कुमार कार्तिकेय प्रसिद्द देवासुर संग्राममा देवताहरुको प्रधान सेनापति बनेका थिए l पुराणहरुमा यिनलाई कुमार, शौर, शक्तिधर भनेर वर्णन गरिएको छ l यिनको वाहन मयूर हो अतः यिनलाई मयूरवाहनको नामले पनि जानिन्छ l यिनै भगवान स्कंदको माता भएकी कारणले भगवती दुर्गाको यस पांचौं स्वरूपलाई स्कंदमाता भनिएको हो l

 

यिनको पूजा नवरात्रिको पांचौं दिनमा विशेष रूपले गरिन्छ l यस दिन साधकको मन विशुद्ध चक्रमा स्थित हुन्छ l यिनको विग्रहमा कुमार कार्तिकेय बालरूपमा अवस्थित छन् l स्कंद मातृस्वरूपिणी भगवतीका चार भुजाहरु छन् l भगवती स्कंदमाताको वर्ण पूर्णतः शुभ्र रहेको छ र उनि कमलको पुष्पमा विराजित हुन्छिन् l यसैले यिनलाई पद्मासना देवी पनि भनिन्छ l यिनको वाहन पनि सिंह हो l

 

शास्त्रहरुमा यिनको धेरै महत्व वर्णन गरिएको छ l यिनको उपासनाले भक्तहरुको समस्त मनोकामना पूरा हुन्छन् l सूर्यमंडलको अधिष्ठात्री देवी भएका कारण नै यिनको उपासक अलौकिक तेज र कांतिमय हुन्छन् l अतः मनलाई एकाग्र र पवित्र बनाएर भगवती स्कंदमाताको उपासना गर्नेवाला साधक या भक्तलाई भवसागर पार गर्नमा कुनैपनि कठिनाई हुँदैन l

 

यिनको उपासनाले मोक्षको मार्ग सुलभ हुन्छ l भगवती स्कंदमाता विद्वान र ज्ञानी जनलाई उत्पन्न गर्ने शक्ति मानिन्छ l भनिन्छ कि कालिदास द्वारा रचित रघुवंश महाकाव्य र मेघदूत आदि रचनाहरु भगवती स्कंदमाताकै कृपाले संभव भएको हो l

 

भगवती स्कन्दमाताको ध्यान गर्ने मंत्र

 

वन्दे वांछित कामार्थे चन्द्रार्धकृतशेखराम् ।

सिंहारूढ़ां चतुर्भुजां स्कन्दमातायशस्वनीम् ।।

धवलवर्णां विशुध्दचक्रस्थितां पंचम दुर्गा त्रिनेत्राम् ।

अभयपद्मयुग्मकरां दक्षिणोरू पुत्रधराम् भजेम् ॥

पटाम्बरपरिधानां मृदुहास्या नानांलकारभूषिताम् ।

मंजीरहारकेयूरकिंकिणि रत्नकुण्डलधारिणीम् ॥

प्रफुल्लवंदना पल्लवधरां कांतकपोल पीनपयोधराम् ।

कमनीया लावण्या चारू त्रिवलीनितम्बनीम् ॥

 

भगवती स्कन्दमाताको कवच 

 

ऐं बीजालिका देवी पादयुग्मधरापरा ।

हृदयं पातु सा देवी कार्तिकेययुता ॥

श्रींं ह्रीं ह्रुं देवी पर्वस्यांं पातु सर्वदा ।

सर्वांगंं मे सदा पातु स्कन्दमाता पुत्रप्रदा ॥