Trending :
 

अझै सपना मै छु जस्तो लागिरहेको छ : भूमिका गिरी

आश्विन २८,२०७५

-

२८ असोज २०७५ काठमाण्डौ l 
 
 
 
काठमाडौं । गायिका भूमिका गिरीले कालिका म्युजिक अवार्ड पाएकी छिन् । चितवनको भरतपुरमा आयोजित विशेष समारोहमा भूमिकाले उत्कृष्ट लोकदोहोरी महिला गायिकाको पुरस्कार हातपार्न सफल भएकी हुन् ।
 
कालिका म्युजिक अवार्ड पाएपछि गायिका भूमिकाले आफूभित्र नयाँ उत्साह थपिएको प्रतिक्रिया दिएकी छिन् । ‘गह भरिएका छन् । अझै सपना मै छु जस्तो लागिरहेको छ’, उनले भनेकी छिन्, ‘मलाई कालिका म्युजिक अवार्ड दिएकोमा सबैलाई धन्यावाद दिन्छु ।’
 
कालिका म्युजिक अवार्डमा जज र आयोजकसहित परिवारप्रति पनि उनले धन्यावाद दिएकी छिन् । गायिका भूमिकाले भनेकी छिन्, ‘मलाई यो स्थानमा पुर्याउन सहयोग गर्ने तपाइँ भगवानरुपी दर्शकहरूमा पनि लाख–लाख धन्यवाद छ ।’