Trending :
 

बडीगार्डले नै न्यायाधीशकी पत्नी र छोरालाई गर्यो गोली प्रहार

आश्विन २८,२०७५

-

 २८ असोज २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्षाकर्मीले न्यायाधीशकी श्रीमती र छोरालाई गोली हानेको छ । 
 
न्यायाधीश कृष्णकान्त शर्माको घरमा पछिल्लो दुई वर्षदेखि सुरक्षामा खटिएको पुलिस हेड कन्स्टेबल ३२ वर्षीय महिपालले शनिबार बीच बजारमै गोली हानेको हो । 
 
गोली लागेकी न्यायाधीश पत्नी ३८ वर्षीकी रीतू र १८ वर्षे छोरा ध्रुबको स्थिति नाजुक रहेको छ । 
 
महिपाललाई गुडगाव फरिदाबाद मार्गबाट गिरफ्तार गरिएको छ । गोली हान्नुको कारण खुलेको छैन ।