Trending :
 

रामकुमारले ल्याए 'परदेशीलाई' बोलको गीत

आश्विन २९,२०७५

-

२९ असोज २०७५ काठमाण्डौ l 
 
 
गायक तथा संगीतकार रामकुमार रिमालले आफ्नै स्वर र संगीत रहेको परदेशीलाई बोलको गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । पुरुषोत्तम त्रिपाठीको शब्द रहेको गीतको भिडियोमा रोशन लामा र इन्दु मगरको अभिनय छ ।
 
 
युएन मगरले निर्देशन गरेको भिडियोले दर्शकको मन जित्ने विश्वास गायक रामकुमारको छ । अध्यात्म क्षेत्रमा समेत रुचि राख्ने रामकुमारले थुप्रै भजन गाइसकेका छन् ।
 
चण्डीप्रसाद काफ्लेसँग संगीत अध्ययन गरेका उनले परदेशीलाई बोलको गीतले बिदेसिएका आमनेपालीको वास्तविक कथा बोलेको बताउँछन् । छोटो समयमै गीतले राम्रो चर्चा पाएकोमा आफूलाई खुसी लागेको उनी बताउँछन् ।