नवरात्रिको सातौं दिन माता कालरात्रिको विशेष आराधना गरिंदै

भगवती कालरात्रिले सबैको कल्याण गरून्

आश्विन ३०,२०७५

-माधव प्रसाद गर्तौला

३० असोज २०७५ काठमाण्डौ

 

कालाभ्राभां कटाक्षैररिकुलभयदां मौलिबद्धदेन्दुरेखां,

शंखं चक्रं कृपाणं त्रिशिखमपि करैरूद्वहन्तीं त्रिनेत्राम् ।

सिंहस्कन्धाधिरुढां त्रिभुवनमखिलं तेजसा पूरयन्तीं,

ध्यायेद्दुर्गां जयाख्यां त्रिदशपरिवृतां सेवितां सिद्धिकामैः ॥

 

सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् ।

 

यस जगतमा धर्मको रक्षा तथा दैत्यहरुको विनाशका लागि ऋषि-मुनिहरुले जब-जब ईश्वरसंग प्रार्थना गरे तब-तब त्यस ईश्वरले कुनै शक्तिलाई यस धराको कल्याणको लागि दैवीय शक्तिलाई उत्पन्न गरे l यस्तै परम शक्ति भगवती माता आद्यशक्ति दुर्गा भवानीको उत्पत्ति ईश्वरीय इच्छाले भयो जसमा अनेक देवी-देवताहरुको शक्ति समाहित छ l भगवती दुर्गाको सातौं मूर्ति भगवती कालरात्रिको उत्पत्ति नवरात्रिको सातौं दिनमा भएको हो l जसले चाहिं देवता सहित यस संसारकाको कल्याण गर्दछिन् l किनकि पौराणिक कथानक यस कुराको साक्षी छ कि यस धरा सहित देव समूहलाई जब आदिकालमा वरदान पाएर महिषासुर, शुम्भ, निशुम्भ जस्ता महाभयानक दानव भिन्न-भिन्न प्रकारका अत्याचारले पीड़ित गर्न लागे तब यस धर्तीमा निवास गर्ने मानवको आचार-विचार भ्रष्ट हुन लाग्यो, सर्वत्र राक्षसी प्रवृत्तिको बोल-बाला हुन लाग्यो l यज्ञ, दान, परोपकार, धर्म, दया, क्षमा जस्ता कल्याणकारी गुणहरुको कहींपनि आदर रहेन l यस्तो भयानक अंधकारमा सतत डुबिरहेको समाज तथा दैत्यहरुको अत्याचारबाट बचाउनका लागि भगवती कालरात्रिको प्राकट्य हुन्छ l

 

जो कि सर्वविध कल्याण  गर्नेवाली र दैत्य समूहको संहार गरेर यस धराको मानव सहित सम्पूर्ण प्राणीहरुको रक्षा गर्दछिन्, तथा देव समुदायलाई अभय प्रदान गर्दछिन् l भगवती कालरात्रिको नाम उनको भयानक शक्तिको कारणले रहेको हो l जसले सबैलाई मार्नेवाला कालको पनि रात्रि अर्थात् काललाई पनि समाप्त गर्ने क्षमता राख्दछिन्, कालको पनि विनाशिका भएको कारण भगवतीको नाम कालरात्रि राखिएको हो l भगवती दुर्गाको सातौं रूपलाई कालरात्रिको नामले जानिन्छ जो कि यस संसारमा आदिकालदेखि नै सुप्रसिद्ध छ l

 

सप्तमीको यो विशेष दिनलार्इ फूलपाती पनि भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो निस्कने यीनै देवीले भुईंमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात सम्मिश्रित 'फूलपाती' भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजाआराधना गरिन्छ ।

 

आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

 

भगवती कालरात्रिको ध्यान गर्ने मंत्र

 

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता,

लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी l

वामपादोल्लसल्लोहलता कंटकभूषणा,

वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी l l

 

भगवती कालरात्रिको कवच

 

ऊँ क्लीं मे हृदयं पातु पादौ श्रीकालरात्रि ।

ललाटे सततं पातु दुष्टग्रह निवारिणी ॥

रसनां पातु कौमारी, भैरवी चक्षुषोर्मम ।

कटौ पृष्ठे महेशानी, कर्णौशंकरभामिनी ॥

वर्जितानी तु स्थानानि यानि च कवचेन हि ।

तानि सर्वाणि मे देवी सततं पातु स्तम्भिनी ॥

 

यो पनि पढ्नुहोस्- नवरात्रिको छैठौंं दिन माता कात्यायनीको विशेष आराधना गरिंंदै