अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख २९,२०७४
-एजेन्सी
२९,वैशाख,बेइजिङ –
अमेरिकी सांसदको प्रतिनिधिमण्डलले आध्यात्मिक गुरु दलाई लामालाई भेटेकोमा चीनले आपत्ति जनाएको छ ।
भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामालाई भेटेको थियो । अमेरिकाले संसारलाई गलत सन्देश दिन खोजिरहेको चीनले दाबी गरेको छ ।
स्वतन्त्र तिब्बतलाई समर्थन नदिने वचन दिएको अमेरिकाले दलाई लामासँग भेटेर गल्ती गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बताए । उनले सञ्चारकर्मीसँग भने, ‘१४औं दलाई लामा राजनीतिक रूपमा निर्वासित छन् ।
त्यसैगरी उनि धर्मको आडमा चीनविरोधी गतिविधिमा लामो समयदेखि संलग्न छन् ।' अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीकी नेता नान्सी पेलोसीको नेतृत्वमा कंग्रेसका द्विसदस्यस्य प्रतिनिधिमण्डलले हिमाचल प्रदेशस्थित धर्मशालामा आध्यात्मिक गुरु ८१ वर्षीय लामालाई भेटेका थिए ।
यसका साथै सुआङले भने, ‘दलाई लामा स्वतन्त्र तिब्बत चाहने समूहका प्रमुख नेता पनि हुन् ।' उनले डोनल्ड ट्रम्प राष्ट्रपति भएलगत्तै भएका यस्ता कदमले अमेरिकी नीतिमा परिवर्तन भएको हो भन्ने प्रश्न गरेका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार