Trending :
 

चीनले बनायोे ९ वर्ष लगाएर संसारकै सबैभन्दा लामो पुल

कार्तिक ०६,२०७५

-

कात्तिक ६, २०७५ काठमाडौं ।
 
 चीनले संसारकै सबैभन्दा लामो पुल बनाएको छ ।
 
५५ किलोमिटर लम्बाइको उक्त पुलले चीनका स्वशासित क्षेत्र हङकङ र मकाउलाई चीनको मूख्य शहर झुहाईसँग जोड्नेछ ।
 
यो पुल हालसम्म संसारमा रहेका सामुद्रिक पुलमध्ये सबैभन्दा लामो हो ।
 
९ वर्ष लगाएर उक्त पुल निर्माण गरिएको हो । पुल निर्माणमा २० अर्ब डलर खर्च भएको जनाइएको छ ।
 
राष्ट्रपति सि जिन पिङले पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।
 
उद्घाटन पश्चात् बुधबारदेखि मात्रै सवारी साधनका लागि पुल खुला गरिने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
 
पुल निर्माणमा ४ लाख टन स्टिल प्रयोग गरिएको छ ।
 
पुलले ८ रेक्टर स्केलसम्मको भूकम्प थेग्नेछ । पुलबारे हङकङमा आलोचना भइरहेको छ । एजेन्सी