बैशाख २९,२०७४
-
वैशाख २९ –
चलचित्र 'आधा लभ' ले रचनात्मक प्रतियोगिता आयोजना गरेको छ ।
जेठ २६ गते बाट प्रर्दशनमा आउन लागेको ‘आधा लभ’ले चलचित्रको प्रचारप्रसारको क्रममा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्मको केहि दिन अघि ट्रेलर सार्वजनिक भएको थियो । ऋचा शर्माले 'आधा लभ' शिर्षकमा आफूले लेखेका कथा, कविता, मुक्तक, निबन्ध वा जुनसुकै खालका रचनाहरु पठाउन आग्रह गरेकी छिन् ।
निर्माण पक्षले आयोजना गरेको 'मेरो आधा लभ स्टोरी : क्रियटिभ राईटिङ कम्पिटिशन' मा भाग लिनका लागि आधा लभ को विषयमा जस्तोसुकै रचना लेखेर पठाउनु पर्नेछ्।
प्रतियोगीहरुले आफुले लेखेको कथा, कविता, मुक्तक, निबन्ध वा अन्य रचना हरु जेष्ठ १८ गतेसम्म पठाइसक्नु पर्ने र विजेतालाई आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको नायिका तथा निमात्री ऋचाले जानकारी दिइन ।
फिल्मको टिकट पनि पुरस्कारको रुपमा रहने बताइएको छ । आफ्नो रचना प्रतियोगीले फिल्म युनिटले सार्वजनिक गरेको इमेल aadhalove@gmail.com मा पठाउन सक्नेछन् ।
प्रमुख समाचार