Trending :
 

‘द भ्वाइस ओफ नेपाल’मा तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत

कार्तिक १२,२०७५

-

१२ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई समेटेर गीत प्रस्तुत गरेका छन् । निकै मार्मिक गीत सामाजिक सञ्जालमा छाएको छ । 
 
 
तेजेन्द्रले सारङ्गी रेटेर गाएको गीतमा निर्मलाको बलात्कारपछि भएको हत्या र त्यसपछिको अनुसन्धानका विषय समटेका छन् । ‘द भ्वाइस’मा निर्मला पन्तको घटनाको गीत सुनाउँदा कोच र दर्शक भावुक बनेका थिए । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी भीमदत्तनगर–२ कि निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अझैसम्म निर्मलाको हत्याराको पहिचान हुन सकेको छैन । समाचारमा आएका विषयहरुलाई तेजेन्द्रले गीतमा लयवद्ध गरेर गाएका थिए ।