Trending :
 

प्रधानमन्त्री केही दिन अस्पताल मै बस्नुपर्ने

छातीमा संक्रमण र चिनीको मात्रामा असन्तुलन :

कार्तिक १२,२०७५

-

कात्तिक १२, २०७५ काठमाडौं ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीको छातीमा संक्रमण भएको र चिनीको मात्र असन्तुलित रहेको जनाएको छ । 
उनलाई सोमबार बिहान सेन्टरमा भर्ना गरिएको थियो ।
 
सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएका हुन् ।
 
‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दछौं’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ। 
 
प्रधानमन्त्रीको कोरोनरी केयर यूनिट (सीसीयू) को विशेष कोठामा उपचार भइरहेको छ । चिकित्सकहरुले केही दिन अस्पतालमै राख्नु पर्ने समेत बताएका छन् ।