बैशाख २९,२०७४
-
वैशाख २९ -
आज हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि सुन्धारा, काठमाण्डौं स्थित कार्यालय भएको सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रवन्धकमा नियुक्त गर्ने गरी आज श्री सेञ्चुरी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री जीवन भट्टराई तथा श्री सिभिल क्यापिटल मार्केट लि. का प्रमुख कार्यकारी अधिकृत श्री पराग विष्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले श्री ईनोभेटिभ डेभलप्मेन्ट बैंक लि. तथा श्री अरनिको डेभलप्मेन्ट बैंक लि. को प्राप्ती पश्चात् हुने एकिकृत पूंजी रु. ४,७१३,५६४,२१३÷– अर्थात प्रति शेयर रु. १००।– का दरले हुने ४७,१३५,६४२ कित्ता शेयरको ४०% ले हुने १८,८५४,२५७ शेयर कित्ताको अक्षरेपी एक अर्व अठ्ठासी करोड चौवन्न लाख पच्चीस हजार सात सय वरावरको शेयर अंकित मूल्यमा साबिकका शेयरधनीहरुले मात्र खरीद गर्न पाउने जनाएको छ ।
आर्थिक वर्ष २०७३/७४ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. ३३.१४ अर्व र कर्जा रकम रु. ३०.०७ अर्व परिचालन गरी रु. ४७.११ करोड सञ्चालन मुनाफा र रु. ३१.०९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
प्रमुख समाचार