नेपाली हरर मूवी 'सुनकेशरी' अब युट्युवमा पनि
-
१३ कार्तिक २०७५ काठमाण्डौ l
काठमाडौँ । गत जेठ ११ गते प्रदर्शनमा आएको हरर कमेडी सिनेमा ‘सुनकेशरी’ युट्युबमा सार्वजनिक भएको छ ।
बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेको सिनेमा सुनकेशरी हलमा आएको पाँच महिनामै युट्युबमा सार्वजनिक भएको हो।
अर्पण थापाको निर्देशन रहेको सिनेमा बिजी इन्टरटेनमेन्ट, ऋचा शर्मा फिल्मस् र द् पिक पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेका हुन्।
सिनेमामा ऋचासँगै कलाकार रविन्द्र झा, सन्नी ढकाल, लरेन लफ्बर्ग, सुनिल पराजुली, प्रेरणा थापा, भीम न्यौपाने, तमन्ना शर्मा, सावित्री आचार्य लगायतका अभिनय रहेको छ।