Trending :
 

'मीटू'का कारण अड्कियो हृतिक रोशनको नयाँ फिल्म

कार्तिक १३,२०७५

-

१३ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
एजेंसी l फिल्म सुपर ३० का निर्देशक विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि फिल्मबाट निकालिएको छ । त्यसपछि फिल्म अड्केको अड्क्यै छ । 
 
फिल्मको प्रोडक्सनको अन्तिम चरण पूरा गर्नका लागि अब नयाँ निर्देशकको खोजी हुँदैछ । 
 
फिल्म सन् २०१९ को जनवरी महिनाका सार्वजनिक हुनुपर्ने थियो । तर अब रिलिज डेट सार्नुपर्ने स्थिति देखिँदैछ । 
 
मिडिया रिपोर्टअनुसार, फिल्मका निर्माताहरू फिल्मको अन्तिम कामका लागि व्यावसायिक निर्देशक खोजिरहेका छन् । 
 
फिल्मको पोस्ट प्रोडक्सन, एडिटिङ, भीएफएक्स लगायत कामका लागि सुपरभाइजर आवश्यक छ । फिल्मलाई डेडलाइनभित्रै सक्नका लागि निर्माताहरू कोशिश गरिरहेका छन् । 
 
मीटू अभियानअन्तर्गत विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि उनलाई हटाइएको छ र उनी फिल्म प्रमोसनमा पनि लाग्नेछन् । 
 
हृत्तिक रोशनको अभिनय रहेको फिल्म सुपर ३० पटनाका गणित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ । उनी गरीब विद्यार्थीलाई आईआईटीको प्रवेश परीक्षाको निःशुल्क प्रशिक्षण दिने गर्छन् ।