अट्ठारह अंकको विचित्र संयोग, महाभारतको रोचक कथा !

कार्तिक १३,२०७५

-

१३ कार्तिक २०७५ काठमाण्डौ l 

 

महाभारत भारत वर्षको महत्त्वपूर्ण ग्रन्थ हो । महाभारतमा सयौं पात्र, स्थान, घटना तथा विचित्रताको वर्णन छ । महाभारतमा कयौं घटना, सम्बन्ध तथा ज्ञान विज्ञानको रहस्य पनि रहेको छ । महाभारतको हरेक पात्र जीवंत छन् । चाहे कौरव, पाण्डव, कर्ण तथा कृष्ण हुन् या धृष्टधुम्न, शल्य, शिखण्डी तथा कृपाचार्य नै किन नहुन् ।

 

महाभारतको कथा कौरव र पाण्डवबीचको युद्धसँगै सकिँदैन । वास्तवमा महाभारतको कथा त युद्धपछि शुरु हुन्छ । आजसम्म अश्वत्थामा किन जीवित छन् ? यदुवंशको नाशको श्राप किन दिइयो तथा धर्म किन कलियुगको बाटोमा हिड्यो ? यी प्रश्नहरु अनुत्तरित नै छन् ।

 

महाभारतमा अट्ठारह अंकको रहस्य

 

महाभारत युद्धमा अट्ठारह अंकको निकै महत्व छ । महाभारतको पुस्तकमा अट्ठारह अध्याय छन् । कृष्णले कुल अट्ठारह दिन अर्जुनलाई ज्ञान दिएका थिए । कौरव र पाण्डवबीच अट्ठारह दिन युद्ध चलेको थियो । गीतामा पनि अट्ठारह अध्याय छ । कौरव तथा पाण्डवको सेनापनि कुल अट्ठारह अक्षौहिणी सेना थिए जसमा कौरवको एघार तथा पाण्डवको सात अक्षौहिणी सेना थिए ।

 

यस युद्धका प्रमुख सूत्रधार पनि अट्ठारह थिए । यो युद्धमा अट्ठारह योद्धा नै बाच्न पनि सफल भएका थिए । अब प्रश्न यो उठ्छ कि महाभारतमा अट्ठारह को संख्याको के महत्व छ ? के यो संयोग हो कि यसमा कुनै रहस्य छ ?

 

ब्रह्मास्त्र या कि परमाणु बम

 

भारतको केही स्थानमा भेटिएका कंकालमा रेडिएशनको असर फेला पारिएको थियो । महाभारतमा सैप्तक पर्वको अध्याय तेरह देखि पंध्र सम्म ब्रह्मास्त्रको परिणाम बताइएको छ । हिन्दू इतिहासका अनुसार ५५६१ इसापूर्वमा छोडिएको ब्रह्मास्त्र परमाणु बम थियो । महाभारतमा ब्रह्मास्त्र छोडिएपछि भयंकर वायु चल्ने र धेरै मानिसको मृत्यु हुने तथा धर्ती नै काँप्ने गरेको उल्लेख पनि गरिएको छ ।

 

युद्धमा धेरै टाढादेखिका सेनाको पनि उपस्थिति रहेको वर्णन जसलाई युरोप तथा अफ्रिका क्षेत्रको तत्कालिन राज्यका सेनाको महाभारतमा संलग्नता रहेको र यसलाई पहिलो विश्वयुद्ध मान्नुपर्ने केहीको तर्क रहेको छ ।

 

यो पनि पढ्नुहोस्- भीष्मको 'भीष्मप्रतिज्ञा' महाभारतको रोचक कथा !