प्रियंका चोपडाले छिट्टै नै निक जोनससँग बिहे गर्दै
-
१४ कार्तिक २०७५ काठमाण्डौ l
एजेंसी l बलिउड अभिनेत्री प्रियंका चोपडा छिट्टै नै अमेरिकी गायक निक जोनससँग बिहे गर्दैछिन् ।
अहिलेसम्म मानिसहरूलाई प्रियंका र निकको भेटघाट सन् २०१७ मा मेट गाला समारोहमा भएको मात्र थाहा छ । त्यसपछि नै उनीहरू सँगै छुट्टी बिताउन थाले र सार्वजनिक समारोहमा सँगै देखिन थाले । अनि उनीहरूको अफेयरको चर्चा हुन थाल्यो ।
तर प्रियंका र निकको अफेयरको शुरूआत एउटा टेक्स्ट मेसेजबाट भएको थियो ।
प्रियंकाले इन्टरटेनमेन्ट वीक्लीसँग कुराकानी गर्दै सम्बन्धमा पहिलो कदम उनले नभई निकले बढाएको बताइन् ।
निकले एउटा टेक्स्ट मेसेज पठाए जसमा लेखिएको थियो, ‘हामीहरूले एकअर्कालाई भेटघाट गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’ त्यसपछि प्रियंका र निकबीच कुराकानी हुन थाल्यो र त्यो टीकटालो हुँदै बिहेसम्म पुगिसकेको छ ।
प्रियंकाको बिहेको तयारी शुरू भइसकेको छ । त्यसअघिका संस्कारहरू चलिरहेका छन् । हालैको उनको ब्राइडल सेरेमनी भयो जसमा प्रियंकाले आफ्नी आमा र सासूसँग नाचेकी थिइन् ।