Trending :
 

विश्वकै सबैभन्दा अग्लो मूर्ति ‘स्ट्याचु अफ युनिटी’ को अनावरण

कार्तिक १४,२०७५

-

१४ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
एजेंसी l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार वल्लभभाइ पटेलको १८२ मिटर अग्लो प्रतिमा अनावरण गरेका छन् । मोदीले बुधबार गुजरातमा रहेको पटेलको प्रतिमा अनावरण गरेका हुन् । 
 
यसअघि मोदीले ३० नदीबाट ल्याइएको जलले प्रतिमाको सामुन्ने रहेको शिवलिंगबाट अभिषेक गरेका थिए । साथमा ३० ब्राम्हणले मन्त्रोच्चारण पनि गरेका थिए। सरदार पटेलको प्रतिमा ‘स्ट्याचु अफ युनिटी’ विश्वमै सर्वाधिक अग्लो भएको छ। 
 
 
यो प्रतिमा अनावरण गर्न ३३ राज्यका संस्कृतिका झलकहरु देखाइएको थियो । प्रधानमन्त्रीलाई ९०० कलाकारले सवा २ किलोमिटरलामो लाइन बनाएर स्वागत गरेका थिए । 
 
के-के  छन् यो प्रतिमाका विशेषता
 
१. नर्मदा नदीको सरदार सरोवर बाँधमा बनेको यो प्रतिमा सातकिलोमिटर टाढाबाट देख्न सकिन्छ । 
 
२. यो संसारकै सबैभन्दा अग्लो प्रतिमा हो । 
 
३. यसअघि पहिले चीनमा स्प्रिङ बुद्धको प्रतिमा १५३ मिटर अग्ला थियो । यसपछि जापानको बुद्धको प्रतिमा १२० मिटर र त्यसपछि अमेरिकाको न्यूयोर्कको स्ट्याचु अफ लिबर्टी ९३ मिटर अग्लो छ । 
 
४. सरदार पटेलको प्रतिमाको कीर्तिमान भारतले नै तोड्ने छ सन् २०२१ मा । २१२ मिटर उचाइको छत्रपति शिवाजीको प्रतिमा मुम्बईको नजिक अरब सागरमा बनिरहेको छ । 
 
५. स्ट्याचु अफ युनिटीको निर्माणका लागि पाँच वर्ष लागेको थियो । 
 
६. यो सबैभन्दा कम समयमा बन्ने प्रतिमाको कीर्तिमान पनि हो । 
 
७. यसको लागत २९९० करोड भारु हो ।