स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ आजदेखि
-
कार्तिक १५, २०७५ स्याङ्जा ।
स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताका लागि २१ देशका ९८ खेलाडीले नाम दर्ता गरेका छन् ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले गर्ने छन् ।
महिलाको एकल ,पुरुषको एकल तथा महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने छ ।
प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।