विश्वकप २०२२ मा ४८ टिमको सहभागिता गराउन फिफाको प्रस्ताव
-
कार्तिक १५, २०७५ एजेन्सी ।
रुसमा सम्पन्न खेलको चर्चा सेलाउन नपाउँदै सन् २०२२ को कतार फुटबल विश्वकपको तयारी सुरु भएको छ ।
सन् २०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता गराउन सकिने फिफाले जनाएको छ ।
फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले २०२६ विश्वकपबाट सुरु गर्ने ४८ टिमको प्रतियोगिता २०२२ मै सुरु गर्न प्रस्ताव गरेसँगै यस विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
मलेसियाको क्वालालम्पुरमा रहेको एसियाली फुटबल महासंघको नयाँ मुख्यालयको उद्घाटन कार्यक्रममा यो कुरा बताएका हुन् ।
अध्यक्ष इन्फान्टिनोका अनुसार २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोले ४८ टिम खेलाउने निर्णय गरेकोले २०२२ मा ४८ टिमको सहभागिता गराउन कुनै समस्या नभएको बताएका छन् । अध्यक्ष इन्फान्टिनोले भने ‘यो कुरा सम्भव छ कि छैन भनेर अध्ययन गर्दैछौं । कतारी साथीहरुसँग पनि निरन्तर छलफल गर्दैछौं ।’ एजेन्सी ।