Trending :
 

दाँत स्वस्थ राख्न अपनाउनुहोस् यी उपाय

कार्तिक १५,२०७५

-

१५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
 
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ l सही तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मविश्वास पनि घटेको देखिएको छ l आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिकाहरु बताउनेछौं l 
 
 
 
बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मञ्जनले दाँत ब्रस गर्नुपर्छ । दाँत माझ्ने क्रममा चपाउने भाग पनि छुटाउनु हुँदैन । बच्चालाई सुतेर खान दिनुहुँदैन । यसरी खाँदा मुखमा बढी मात्रामा खानेकुरा जम्मा हुन्छ । जसकारण दाँतले बढी एसिड उत्पादन गर्छ र दाँतमा समस्या देखिन्छ । कोल्डड्रिंक्स पिउँदा सकेसम्म पाइप प्रयोग गर्नुपर्छ । गिलासबाट पिउँदा दाँतको बाहिरी भाग अर्थात् इनामेल खिइने सम्भावना बढी हुन्छ । पाइपका माध्यमबाट खाँदा दाँतमा त्यति धेरै असर पर्दैन । बिस्कुट, चकलेट तथा अन्य खानेकुरा खाइसकेपछि अनिवार्य रूपमा मुख कुल्ला गर्ने बानी बसाउनुपर्छ ।
 
 
 
१. तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ l यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ l तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ l
 
 
२. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ l
 
 
३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् l दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ l
 
 
४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ l गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ l
 
 
५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ l यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ l यो प्राकृतिक एंटीबयाक्टीरियल और एंटीसेप्टिक हो l  दिनहु निम (नीमको काठ, निमको सानो हाँगा) ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ l
 
 
६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस l यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ l
 
 
७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसिड (Malic Acid) ले दांतलाई सेतो र चम्किलो बनाउछ l
 
 
८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् l यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस l यो उपाय दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ l चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ l हल्का कालो वा पहेँलो दाँत देखिनासाथ विशेषज्ञलाई भेट्नुपर्छ ।