गुरुभक्त एकलव्य, महाभारतको रोचक कथा !

कार्तिक १५,२०७५

-

१५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
महाभारतको कथामा एकलव्यको प्रसंग निकै रोचक छ । एकलव्यसंग जोडिएको कथामध्ये दाहिने हातको बुढीऔंला गुरु दक्षिणास्वरुप आचार्य द्रोणलाई समर्पित गरेको कथाको प्रसंग सबैभन्दा मार्मिक रहेको छ । दोर्णाचार्यले अर्जुनलाई सबैभन्दा ठुलो धनुर्धारी बनाउने प्रण गरेका थिए ।
 
 
अर्जुन सहित दरबारका अन्य बालकहरुलाई शिक्षा दिइरहेका दोर्णाचार्यले वनमा उनको मुर्ति स्थापना गरेर धनुष चलाइरहेका एकलव्यलाई देख्छन् । निजिकै पुग्दा एकलव्यले गुरु भनी प्रणाम गर्छन् । द्रोणाचार्यले शिक्षा नै नदिइ गुरु कसरी भएँ भनी प्रश्न गर्दा लुकेर पाण्डवलाई दिएको शिक्षा आफुले पनि अनुशरण गरेको, मुर्ति बनाइ गुरु स्थापना गरी धनुर्विद्या सोही मुर्तिलाई पुज्दै सिकेको एकलव्यले बताएपछि द्रोणाचार्य केही चिन्तित बन्छन् ।
 
 
अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने उनको प्रणको अगाडी एकलव्यको धनुषकलाले चुनौती दिँदै थियो । यदि आफुबाट कुनै शिक्षा लिएको हो भने सो शिक्षा ‘गुरु दक्षिणा’ बिना पुरा हुँदैन भन्दै द्रोणाचार्यले एकलव्यसंग गुरु दक्षिणा मागे । 
 
एलकव्यले आफ्नो सामर्थ्यले दिनसक्ने वस्तु दिन्छु भनेपछि द्रोणचार्यले धनुष हान्न प्रयोग गर्ने दाहिते हातको बुढी औंला गुरु दक्षिणाको नाममा मागे । बुढी औंला नभएपछि एकलव्यको धनुषकला पहिले झै हुन्नथ्यो जसबाट अर्जुनको एक दमदार प्रतिस्पर्धी कम भई दोर्णाचार्य आफ्नो प्रण पुरा गर्न सक्थे । अर्जुनलाई ठुलो धनुषधारी बनाउने आफ्नै प्रणको बचाउ गर्न दोर्णचार्यले एकलव्यको दाहिने हातको बुढी औंला काटी  आफ्नो महत्वाकांक्षालाई बचाए l
 
 
एकलव्यको मृत्यु
 
 
एकलव्यको मृत्यु कृष्णकै हातबाट भएको थियो । अर्जुनसंग धनुषविद्याम टक्कर दिन सक्ने एकलव्यको गुरु भक्ति आफ्नै बुढीऔंला काटेको घटनाले नै पुष्टी गर्छ । वसुदेवका भाइ देवश्रवाको छोरा थिए एकलव्य । यसरी नातामा कृष्णको भाइ पर्ने एकलव्यको जीवनको उद्धेश्य एउटै थियो, अर्जुन भन्दा शक्तिशाली धनुर्धारी बन्ने । निकै घमण्डी बनिसकेका एकलव्य पाडण्व अनि यादव कुलको लागि भविष्यमा ठुलो बाधक शक्ति बन्नेवाला थिए । हस्तिनापुरको भविष्यमा आफ्नो शक्तिले निकै प्रभाव पार्न सक्ने गरि एकलव्यको धनुर्विद्या निखारिदै थियो ।
 
एकलव्य जरासन्धका ठुलो समर्थक थिए । यता जरासन्ध कृष्णको पुर्खौली दुश्मन मानिन्थे । जसका कारण एकलव्य भाइ हुँदाहुंदै पनि कृष्णका दुश्मन बन्न पुगे ।
 
 
एकलव्यले कृष्णलाई भेटेर युद्धको चुनौती दिए । चुनौती स्वीकार गरेर दुबै एकआपसमा युद्ध गर्दा कृष्णको जित भयो, घमण्ड संगै एकलव्य कृष्णको हातबाट मारिए । साथै कृष्णले एकलव्यलाई मृत्युको समयमा वरदान दिएको विश्वास गरिन्छ । यो मानिन्छ कि तीनै एकलव्य धृष्टद्युम्न भइ जन्मेर दोर्णचार्यलाई मारेका थिए l 
 

यो पनि पढ्नुहोस्- सूर्यपुत्र दानवीर कर्ण, महाभारतको रोचक कथा !