महर्षि वेदव्यासको जन्म, पौराणिक रोचक कथा !

कार्तिक १५,२०७५

-

१५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
प्राचीन कालमा सुधन्वा नाम गरेका राजा थिए । उनी एक दिन शिकार गर्नका लागि जंगल गए । उनी जानेबित्तिकै उनको पत्नी रजोवती भइन् l उनले यस समाचारलार्इ आफुले पालीरहेको पक्षीको माध्यमबाट राजासमक्ष पुर्याइन् । समाचार पाएर महाराज सुधन्वाले एउटा टपरीमा आफ्नो वीर्य निकालेर पक्षीलार्इ दिए ।
 
 
पक्षीले उक्त टपरीलार्इ रानीसमक्ष पुर्याउन भनि आकाशमा उड्यो । बाटोमो उक्त पक्षीलार्इ अर्कै एउटा पक्षी भेटियो । कारणवश दुबै पंक्षीबिच युद्ध हुनगयो । युद्धका वेला टपरी यमुना नदीमा खस्यो । यमुनामा नदीमा परमपिता ब्रह्माको श्राप पाएकी एक अप्सरा माछाको रूप धारण गरी पौडी खेलिरहेकी थिइन् । माछारूपी अप्सराले उक्त वीर्य खाइन् । जसले उनी गर्भवती भइन् ।
 
 
गर्भ पूर्ण भएपछि एकजना माझीले उक्त माछालाई आफ्नो जालमा फसाए । उक्त माझीले जब माछालार्इ चिरे तब उसको पेटबाट एक बालक तथा एक बालिका निक्सिए । माझीले शिशुहरुलाई लिएर महाराज सुधन्वाको महलमा गए । महाराज सुधन्वाको पुत्र नभएको कारण उनले बालकलार्इ आफूसँगै राखे । जसको नाम मत्स्यराज भयो । बालिका भने माझीले नै राखे । जसको नाम मत्स्यगंधा राखियो । किनकी उनको अंगहरुदेखि माछाको गंध आउंथ्यो ।
 
 
उक्त कन्यालाई सत्यवतीको नामले पनि चिनिन्छ । ठूलो भएपछि उनी डुङ्गा चलाउने कार्य गर्न थालिन् । एकपटक परासर मुनि उनको डुङ्गामा बसेर यमुना नदी पार गर्नथाले । सोही क्रममा उनी सत्यवतीको रूप, सौन्दर्यमा आसक्त भए र भने- “देवि ! म तिमीसंग साथ सहवास गर्न चाहान्छु" । सत्यवतीले भनिन्- “मुनिवर ! तपाईं ब्रह्मज्ञानी हो र म माझीकन्या । हामीबीच सहवास सम्भव छैन"।
 
ऋषि परासरले भने , “बालिके ! तिमी चिन्ता नगर । प्रसूति भएपछि पनि तिमी कुमारी नै रहनेछौ"। यति भनेर उनले आफ्नो योगबलले चारैतिर घना कुहिरोको जाल रचि दिए र सत्यवतीसँग सहवास  गरे । तत्पश्चात् उसलाई आशीर्वाद दिँदै उनले भने, तिम्रो शरीर देखि जुन माछा को गंध आउँछ त्यो सुगन्धमा परिवर्तित हुनेछ"।
 
 
समय आए पछि सत्यवतीको गर्भ देखि वेद वेदांगहरुमा पारंगत एक पुत्रको जन्म भयो । जन्म हुँदै नै त्यो बालक ठूलो भयो र आफ्नो आमासँग भन्यो, “माता ! हजुर जब विपत्तिमा मलाई स्मरण गर्नुहुनेछ, म उपस्थित हुनेछु"। यति भनेर उनी तपस्या गर्न को लागि द्वैपायन दीप गए । द्वैपायन द्वीपमा तपस्या गर्न तथा उनको शरीरको रंग कालो भएको कारण उनलार्इ कृष्णद्वैपायन भनेर चिनिन् थालियो । पछि तिनै कृष्णद्वैपायन वेदव्यासको नामले विख्यात भए ।
 
यो पनि पढ्नुहोस्- गुरुभक्त एकलव्य, महाभारतको रोचक कथा !