Trending :
 

बोको हरामका १५ जना लडाकू मारिए

कार्तिक १६,२०७५

-

१६ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
अबुजा । सन्दिग्ध बोको हरामका कम्तिमा १५ जना लडाकू मारिएका छन् ।  नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।
 
 
स्थानीय प्रत्यक्षदर्शीहरुले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेका छन् ।   उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ । बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन् । प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ ।
 
 
मारिनेमा कोफाका एक जना धार्मिक नेता पनि रहेको समाचारमा जनाइएको छ । स्थानीयबासिन्दाले लामो समय सम्म गोलीको आवाज सुनेको बताएका छन् । (रासस र सिन्ह्वा)