Trending :
 

ओम हस्पिटलमा चिकित्सक कार्यविधि कार्यान्वयनमा

७३ वर्ष पुगेका चिकित्सकलाई अनिवार्य अवकाश:

कार्तिक १७,२०७५

-

कात्तिक १७,२०७५ काठमाडौं ।
 
काठमाडौंको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले  ‘ओम हस्पिटल चिकित्सक कार्यविधि २०७५’ कार्यान्वयनमा ल्याएको छ ।
 
विशेषज्ञता हासिल गरेका युवा र दक्ष चिकित्सकको आकर्षण बढाउन, तिनलाई प्रोत्साहित गर्न र हस्पिटलले प्रवाह गर्ने स्वास्थ्य सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन कार्यविधि कार्यान्वयनमा ल्याएको हस्पिटलले जनाएको छ ।
 
 
अब कार्यविधिअनुसार हस्पिटलले ७० वर्ष उमेर पुगेका चिकित्सकलाई सेवामा प्रवेश नदिने निर्णय पनि गरेको छ । त्यस्तै हस्पिटलमा कार्यरत चिकित्सकलाई ७३ वर्ष उमेर पुगेको अवस्थामा अनिवार्य अवकाशको व्यवस्था गरिएको प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले प्रेस नोटमार्फत जानकारी दिएका छन् ।
 
त्यस्तै हस्पिटलले हालको भवनसँगैको जग्गामा १० तले अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त अपांगमैत्री हेलिप्याडको सुविधासहितको भवन निर्माण गर्ने पनि निर्णय गरेको छ । हस्पिटलले तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरी एमआरआई क्याथ ल्याब जडान सुरु गरेको जनाएको छ ।