भारतले मार्यो ६ वर्षीय नरभक्षी बघिनीलाई
-
कात्तिक १७,२०७५ काठमाडौं ।
भारतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ।
६ वर्षीया उक्त बघिनी दुई वर्षअघि पश्चिमी राज्य महाराष्ट्रको जङ्गलबाट भागेकी थिइ।
गत महिना वन अधिकारीहरूले ती बघिनीलाई आकर्षित पार्न अत्तर छर्केका थिए।
अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले वन अधिकारीहरू त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो।
बघिनी देखिएको सूचनाका आधारमा शुक्रवार साँझ एउटा गस्ती टोली बोराती गाउँ नजिकको क्षेत्र पुगेको थियो।
बेहोस पार्ने डार्ट्स प्रहार गरिएपछि आठदेखि १० मिटरको दूरीबाट एउटै गोलीको प्रहारबाट बघिनी मारिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीरहरूका अनुसार अब सो बघिनीको शवको पोस्टमार्टम गरिनेछ। बिबिसी