Trending :
 

यमनमा हैजाको प्रकोपबाट एक सय पन्ध्र को मृत्यु

जेठ ०१,२०७४

-

जेठ १ - सिते विद्रोहीहरुको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोही समूहद्धारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर्राष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरिएको जानकारी दिनु भएको छ । ‘इन्टर नेसनल कमिति अफ द रेड क्रस’का अनुसार गत अप्रिल २७ बाट शनिबारसम्म यस हैजाको कारण ११५ व्यक्तिको मृत्यु भईसकेको छ । यस प्रकोपको कारण ८ हजार ५ सय विरामी परेका छन् । अरब विश्वको यस गरिब राष्ट्रमा एक बर्ष भन्दा कम समयमा दोस्रो पटक हैजाको प्रकोप सुरु भएको बताइएको छ । यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो । रासस/एएफपी