Trending :
 

अर्जुनको रथमा उपयोग गरिएका श्वेतअश्वको प्रतीकात्मक रहस्य

कार्तिक २५,२०७५

-

२५ कार्तिक २०७५ काठमाण्डौ l 

 

पाण्डव र कौरवबीचको पैतृक संपत्तिमा पाण्डवहरुलाई खाण्डव नाम गरेको वन परेपछि त्यसलाई इन्द्रप्रस्थ राज्य बनाउन पाण्डवले अग्नि देवतासँग सहयोगको याचना गरेका थिए। तर खाण्डव वनमा रहेको तक्षक नाग र देवराज इन्द्रको घनिष्ट मित्रताको कारण अग्निदेवले अथक प्रयत्न गर्दापनि खाण्डव वनलाई जलाउन सकेनन्l तक्षक नाग निवास गरेको उक्त वनमा आगो लाग्दा देवराज इन्द्रले वर्षात गरेर जल्नबाट बचाइदिन्छन्। अग्निदेवको प्रयासमा प्रयासमा देवराज इंद्रको अवरोधपछि देवराज इन्द्र र अर्जुनबीच भयंकर युद्ध हुन जान्छ। अर्जुनका जैविक पिता देवराज इन्द्र अर्जुनसँग युद्धमा पराजित भएपछि अग्निदेव अर्जुनसँग अत्यंत प्रसन्न हुन्छन्। त्यसपछि उनले अर्जुनलाई दिव्य रथसहित चारवटा श्वेत अश्व र गाण्डीव नामक धनुष उपहारमा स्वरुप प्रदान गर्छन्।

 

प्राचीन ऋषि एवं महर्षिहरुले अश्वलाई मनुष्यको इन्द्रीयहरुको प्रतीकको रूपमा प्रयोग गरेका छन्। इन्द्रीय वशमा भएको अवस्थामा मात्रै मनुष्यले आफनो मनोवाञ्छित लक्ष्य प्राप्त गर्न सक्छ। निश्चित नै मनुष्यको इच्छा पूरा हुनु अथवा नहुनुमा इन्द्रीय चञ्चलतालाई कति नियन्त्रणमा राख्न सकियो भन्ने कुराले निर्क्यौल गर्छ। अश्वमा रहेका तीनवटा विशेष प्रकारको गुण सामर्थ्य,तीव्रता र समर्पणको भाव होl मनुष्यले आफ्नो लक्ष्य प्राप्त गर्नको लागी पनि यिनै गुणहरुको आवश्यकता पर्छl

 

जसरी अश्वलाई नियन्त्रणमा राख्न नसक्दा त्यो अश्व स्वतंत्र भई विभिन्न प्रकारका दुःखका कारण बन्न पुग्छ, त्यसरी नै मनुष्यले पनि आफ्नो मनलाई वशमा राख्न सकेन भने  स्वयंमा निहित रहेको दिव्यतासँग  कहिल्यैपनि परिचित हुन पाउँदैनl

 

महान ग्रंथ बृहारण्यक उपनिषद् अश्वमेध यज्ञमा बलिदानी घोडाको प्रसंगसहित प्रारम्भ हुन्छ। यसको अर्थ कुनैपनि धार्मिक अनुष्ठान तबसम्म पूर्ण हुँदैन, जबसम्म हामी आफ्नो मानसिक चञ्चलतालाई नियन्त्रणमा राख्न सक्दैनौ।

 

मानव जीवन र मृत्यु सम्बन्धी चर्चा गर्ने कठोपनिषद्‌ले पनि मनुष्यको मन र इन्द्रीय नियन्त्रणको विषयमा विस्तारपूर्वक चर्चा गर्छ। कठोपनिषद्‌ले मनुष्यको शरीरलाई रथको रूपमा वर्णन गर्छ भने स्वयंलाई त्यसको स्वामीl  मनुष्यको बौद्धिकतालाई सारथि, बुद्धिलाई अश्वको लगाम, इन्द्रीयलाई अश्व एवं भवनालाई पथको रुपमा वर्णन गर्दछ।

 

यो पनि पढ्नुहोस्- महर्षि वेदव्यासको जन्म, पौराणिक रोचक कथा !