Trending :
 

नेपाली चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

कार्तिक २५,२०७५

-

२५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रौ जात्रा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार बिहान पहिलो प्रचार सामग्री स्वरुप फष्ट लुक सार्वजनिक गरेको निर्माण पक्षले दिउसो टिजर सार्वजनिक गरेको हो । 
 
 
फष्ट लुकमा अघिल्लो सिरिज ‘जात्रा’का मुख्य कलाकार विपिन कार्की, रनीन्द्रसिँह बानियाँ र रवीन्द्र झा जालभित्र देखिका थिए भने टिजरमा एक अर्का नयाँ पात्र थपिएका छन्,–दयाहाङ राई । 
 
 
काठमाडौंको भीडमा लाखेलाई उछिन्दै भागेका मुख्य तीन पात्र विपिन कार्की, रवीन्द्रसिँह बानियाँ र रवीन्द्र झा मृत्युको खोजी गर्दै रानीपोखरी पुग्छन् । तर, त्यहाँ डुबेर मर्नका लागि पानी नभएपछि भक्तपुरको एक निर्माणाधीन बंगलामा पुगेर आत्महत्याका लागि काउन्ड डाउनमा तीनै जना एकै पटक हाम्फाल्छन् । तर उनीहरु भुईंमा बजारिन नपाउँदै दयाहाङ राईले डोजरमा थापेको जालमा अड्किन पुग्छन् । र, दयाहाङले भन्छन्, “यति चाँडै मर्न दिन्छु म हिसावकिताव नबुझाई ।”
 
 
फागुन १७ गते रिलिज हुने चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दैछन् । चलचित्र ‘जात्रा’को सिक्वेल हुने बताइएको छ । चलचित्र ‘जात्रा’ ५१ औं दिन मनाएको चलचित्र हो । 
चलचित्रको सुटिङ यही हप्ताबाट शुरु हुँदैछ ।