Trending :
 

पहिलो नेपाली चलचित्रका छायाँकारको निधन

कार्तिक २७,२०७५

-

२७ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । नेपाली पहिलो चलचित्र माइतीघरका छायाँकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा निधन भएको छ ।
 
 
शनिबार हृदयाघातका कारण छायाँकार धिमालको निधन भएको हो । काठमाडौं महानगरपालिका–४ महाँकालमा उनको निधन भएको आफन्तले जनाएका छन् ।
 
 
धिमालले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका छन् । विसं २००३ मा काठमाडौंको आलापोटमा जन्मिएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहेका थिए । स्व. धिमालका दुई छोरा र एक छोरी छन् । दैनिक नेपाल